
विराटनगर / जन’यु’द्धकालमा १८ वटा मोर्चामा ल’डाईं लडेर घा’इते भएका संखुवासभाका बाबुराम राई (विवश) सि’किस्त बिरामी परेका छन् । उनलाई हाल विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका लागि ल्याइएको छ ।
यु’द्ध’कालमै टा’उकोमा एटीवानको मोर्टार लागेर श’क्त घा’इते भएका उनी त्यसबेला २६ दिनको उपचारपछि होसमा आएका थिए । सोही कारण उनी औषधि से’वन गरिरहेका थिए । केही दिनदेखि टा’उकोबाट लगातार पि’प बग्न थालेपछि उनलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याइएको थियो ।
त्यहाँ उपचार हुन नसकेपछि प्रतिष्ठानले विराटनगरस्थित न्यूरो अस्पतालमा रेफर गरेको हो । ‘तीन दिन अगाडि विपी प्रतिष्ठान इमरजे’न्सीमा भर्ना हुनुभएको थियो, आईतबार बिहान न्यूरो रेफर गरेको हो,’ उनलाई हेर्न आएका लविन्द्र खड्काले भने, ‘अपरे’शन गर्नुपर्छ भनेको छ, उहाँसँग सिटी स्क्यान गर्ने पैसा समेत नभएर हामीले केही रकम जम्मा गरेर सिटी स्क्यान चाहिं गरेका छौं, दैनिकको बेडचार्ज बुझाउने पैसा पनि उहाँसँग छैन, टा’उकोबाट पि’प ब’गिरहेको छ ।’
जन’यु’द्धकालमा पटक–पटक उनले मृ’त्युलाई नजिकबाट देखेका छन् । जन’यु’द्धकाल र शान्तिकालमा गरी उनी ९ पटक जे’ल परेका छन् । उनी भर्खरै सम्पन्न निर्वाचनमा माओवादीका तर्फबाट प्रदेश १ प्रदेशसभामा समानुपातिक तर्फको बन्द सूचीमा उम्मेद्वार पनि रहेका थिए ।
२०५७ मंसिरदेखि माओवादीले थालेको सश’स्त्र यु’द्धमा लागेका उनले तेह्रथुमको पोक्लाबङ, पाँचथरको गोपेटार, संखुवासभाको चैनपुर, सिन्धुलीको भिमान, ओखलढुङ्गाको रुम्जाटार, सिरहाको लहान, काभ्रेपालान्चोकको भकुण्डेवेसी, मोरङको बेलबारी, जांते, झापाको विर्तामोड चेकपोष्ट आ’क्रमणमा समेत सामेल भएका थिए ।
त्यसका साथै सुनसरीको दुहवी चेकपोष्ट, भोजपुरको रिपीटर टावर आ’क्रमण, संखुवासभाको तुम्लिङ्टार भी’डन्त, इलामको मंगलबारे भि’डन्तमा ल’डेका थिए । उनको श्रीमती विमला चौहान (सीमा) जन’यु’द्धकै बेलामा स’हीद भएकी थिइन् भने बहिनी पनि जन’यु’द्धमा सहभागी भएकी थिइन् ।
उनी ०६१ सालको फागुनमा मोरङको जाँतेमा भएको भीड’न्तमा परी ग’म्भीर घा’इते भएका थिए । त्यसबेला उनको भारतको सिलिगुढी लगेर उपचार भएको थियो । एकासी एमएमको मो’टार्रले लागेका उनी २६ दिनपछि हो’समा आएका थिए ।
भारतको जलपाइगुडी र कलकता गरी ३ वर्ष जे’ल बसेका उनी झापाको भद्रपुर, काठमाडौं हनुमान ढोका, जावलाखेल, खाँदबारी, ललितपुर, विराटनगर, पथरी, चैनपुर, उदयपुरलगायतका ठाउँमा समेत उनी ९ पटक जे’ल परेका छन् । – हाम्रो मत बाट सा’भार ।