
काठमाडौ / नायिकाद्धय उपासना सिंह ठकुरी र मलिका महत एउटै कलेजमा पढेका साथीहरु हुन् । उनीहरुको मित्रता कलेजको समयदेखि भन्दा पनि अहिले फिल्म लाइनमा आएर बढेको हो ।
केही हप्ता अगाडि एक म्यागेजिनका लागि फोटोसुट गर्ने क्रममा यी दुइको भेटघाट भएको हो । त्यहाँबाट बलियो बनेको दुइको मित्रता अहिले ह्या’ङ आउटमा पुगिसकेको जानकारहरु बताउँछन् ।
मलिका र उपासनाले आफूहरु नजिकको साथी भएको र दुवैको प्रेमी नभएको समेत रहस्य खोले उनीहरुले । उनीहरुले एक अर्काको मित्रता लामो समयसम्म चल्ने बताएका छन् ।
उनीहरुले, दुबै जनाको बानी ब्यहोरा र मन विचार पनि मिल्ने भएकाले साथी बन्न धेरै समय नै नलागेको सुनाए । उनीहरुले भेटघाटमा यो पनि भनेका छन् कि ‘साच्चिकै हामी प्रेममा छैनौं ।’
साच्चै, हाम्रो व्याइ’फ्रेन्ड किन छैनन् ? भन्ने प्रश्नले केही बेर रमाइलो समेत बनाएको थियो । आफूले अहिलेसम्म ब्वाइ’फ्रेन्ड बनाउन चाहिँ नसकेको उनले बताइन् ।
उपासनाले अभिनय गरेको ‘डिसेम्बर फल्स’ पौषको १५ गतेबाट रिलिज हुँदैछ । खासमा यी दुइले करिअरमा फोकस गरेका कारण प्रेमी बनाउने समय नै नभएको निष्कर्ष निकालेका छन् ।
मलिकाले यात्रा र पानी फोटो गरेर २ फिल्ममा मात्रै काम गरेकी छिन् । उनको मा’ग म्यूजिक भिडियोमा बढे्दो भएता पनि उनले छानेर मात्रै काम गर्दै आएकी छिन् ।