शनिबार २३ मंसिर २०८०

विराटनगर / विराटनगरका एक व्यक्तिले इमान्दारिता प्रदर्शन गरेका कारण चर्चा कमाएका छन् । विराटनगर महानगरपालिका–३ स्थित गोधुली मार्ग बस्ने अनिस्कार भट्टले गत असोजमा बाटोमा भेटाएको रु एक लाख ३५ हजार आइतबार सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन् ।

सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीको रोहबरमा भट्टले रकम हराउने व्यक्ति अमोदकुमार यादवलाई सो रकम फिर्ता गरेको हो । विराटनगरको एक ट्रान्सपोर्ट कम्पनीमा कार्यरत यादवको गोजीबाट रकम ह’रा’एको थियो ।

भट्टले सो रकम बैंकबाट कसैले झि’केको र बाटोमा ख’सेको हुनसक्ने आँ’कलन गरेर बैंकका कर्मचारीलाई जिम्मा लगाए । भट्ट र बैंकको अथक प्रयासपछि रकम ह’राउने यादवलाई लामो समयपछि भेटिएको हो । आफूले बाटोमा असोज २५ गते उक्त रकम भे’टाएको भट्टले बताए ।

ग्लोबल आइएमई बैंक तीनपैनी शाखाका व्यवस्थापक राजेश विष्टले बैंकबाट निस्किएको व्यक्तिको रकम ख’सेको हुनसक्ने भन्दै बैंकलाई रकम जिम्मा लगाइएपछि रकम ह’राउने व्यक्तिको पहिचान गर्न निकै ठूलो चु’नौती भएको बताए ।

यादवको पहिचानपछि उनले असोज २५ गते जम्मा गरेको रकमको भौचरमा भएको फोन नम्बरमा फोन गर्दा स्वीच अफ हुँदा भेट हुन र रकम फिर्ता दिन समस्या र निकै ढिलो भएको पनि विष्टले बताए ।

सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनी विराटनगरका अध्यक्ष मीना जोशीले रकम भेटाएर पनि घर नलगेर बैंकमा बुझाएर भट्टले उदाहरणीय काम गरेको बताए । रा’स’स

१५० पटक हेरिएको

तपाईको प्रतिक्रिया