शनिबार २३ मंसिर २०८०

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्दे’शनपछि दूधको मूल्यवृद्धि फि’र्ता लिइएको छ । यही पुस १६ गतेदेखि दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ वृद्धि गरिएको थियो ।

जसको चौ’तर्फी वि’रोध भएपछि कृषि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री प्रचण्डले कृषि मन्त्रालयका सचिव एवम् राष्ट्रिय दुग्ध विकास बोर्डका उपाध्यक्ष डा. गोविन्द प्रसाद शर्मा दूधको मूल्यवृद्धि फिर्ता गर्न नि’र्देशन दिएका थिए ।

त्यसपछि बोर्डका उपाध्यक्ष डा. गोविन्द प्रसाद शर्मासहित अन्य सरोकारवाला निकायहरु समेतको संयुक्त बैठकले दूधको मूल्यवृद्धि स्थगित गर्ने निर्णय गरेको हो ।

यो पनि, आगामी ११ औँ गोरखा महोत्सवका लागि प्रधानमन्त्री प्रचण्डलाई निम्तो :
काठमाडौं । गोरखा उद्योग वाणिज्य सङ्घले ११औँ गोरखा महोत्सवको प्रमुख अतिथिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अनुरोध गरेको छ ।

गोरखा उद्योग वाणिज्य सङ्घको टोलीले प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेटेर महोत्सवको प्रमुख अतिथिका लागि निम्तो हस्तान्तरण गरेको हो ।

प्रधानमन्त्री दाहालले यही पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने पूर्वकार्यतालिका रहेको उल्लेख गर्दै सकेसम्म आफू कार्यक्रममा उपस्थित हुने व’चन दिएका छन्।

सङ्घले ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा यही पुस २७ गतेदेखि माघ ७ गतेसम्म ११औँ गोरखा महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला, २०७९ आयोजना गर्दैछ ।

प्रधानमन्त्री दाहाललाई सङ्घका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष जीवनज्योति श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष भगवानबाबु मास्के तथा महासचिव प्रकाशचन्द्र श्रेष्ठले महोत्सवमा प्रमुख अतिथिका लागि निम्तो दिनुभएको थियो ।

सङ्घको टोलीका साथ पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई पनि बालुवाटार जानुभएको थियो । दाहाल गत प्रतिनिधिसभा निर्वाचन, २०७९ मा गोरखा क्षेत्र नं २ बाट प्रतिनिभिसभा सदस्यमा विजयी हुनुभएको थियो ।

१५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया