शनिबार २३ मंसिर २०८०

ललितपुर / ललितपुर महानगरपालिका वडा नम्बर ३ ले वडावासीलाई आज आइतवारदेखि विद्युतीय इन्डक्शन चुल्हो बाँड्न सुरु गरेको छ । तीन दिनसम्म वितरण गरिने चुल्हो आज साेमवार र भोलि मङ्गलवार पनि वितरण गरिने वडाध्यक्ष गोपाल महर्जनले जानकारी दिनुभयो ।

झन्डै एक वर्षअघि वडा कार्यलयमा पाँच सय रुपैयाँसहित आ’वेदन दिने वडावासीलाई अहिले इन्डक्शन चुल्हो वितरण गरिएको हो । यसअघि गुणस्तर क’म भएको चुल्हो आएकाले त्यस चुल्होलाई फर्काएर अर्को चुल्हो मा’ग गर्दा वितरणमा ढि’ला भएको वडा कार्यालयले जनाएको छ ।

खाना पकाउन ग्यासभन्दा सस्तो र सजिलो हुने भएकाले इडक्शन चुल्होको प्रयोगमा वृद्धि गर्ने उद्देश्यसहित चुल्हो वितरण गरेको वडा कार्यालयको भनाइ छ । अचेल बजारमा पाइने इन्डक्शन चुल्होहरु विभिन्न फरकफरक ब्रान्डका हुन्छन् ।

ब्रान्डअनुसार चुल्होको मूल्य तीन हजार पाँच सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्म पर्छ । प्रयोग गर्न इच्छुक वडावासीले चुल्हो किन्दा आर्थिक भा’र नपरोस् भन्दै वडा कार्यालय आफैँले किनेर उनीहरूलाई वितरण गरेको वडा कार्यालयले जानकारी दिएको छ ।

यो पनि :- फोहर विसर्जन स्थलमा स्थानीयवासीको अ’वरोध :
कटारी / उदयपुरको कटारी–३ राजावासका स्थानीयवासीले फोहर विसर्जन स्थलमा फोहर फा’ल्न दोस्रो पटक रो’क लगाएका छन् । पटकपटक फोहर विसर्जन स्थल अन्यत्र सार्न माग गर्दै आ’न्दोलित स्थानीयवासीले आजदेखि फोहर फा’ल्ने नगरपालिकाको सवारीसाधनमा अ’वरोध गरी फर्काइदिएका हुन् ।

यसअघि नगरपालिकाले अन्यत्रै फोहर विसर्जन स्थलको खो’जी गर्ने सहमति भएपछि १५ दिनअघि फोहर फाल्न दिएको स्थानीयवासीले नगरपालिकाले तदारुकता नदेखाएको भन्दै फेरि फोहोर फा’ल्न रो’क लगाएका हुन् । यसअघि १९ मङ्सिरमा फोहर फाल्ने ठाउँ अन्यत्र सार्न माग गर्दै नगरपालिकामा स्थानीयवासीले ज्ञापनपत्र बुझाएका थिए ।

राजावास टोल विकास संस्थाका अध्यक्ष विजयकुमार अधिकारीले भने, “ज्ञापनपत्रमा पुस १ गतेदेखि फोहर फाल्न नदिने अ’ल्टिमेटम दिइएको थियो ।” पुस १ गतेको अवरोधपछि भएको वार्तामा १५ दिनभित्र अन्यत्र स्थान खोज्ने सहमति भएको थियो । उक्त सहमति कार्यान्वयनमा नआएको भन्दै फोहर फाल्न रो’क लगाइएको स्थानीय देव ढुङ्गेलले बताए।

स्थानीयवासीको पटकपकटको अव’रोधपछि नगरपालिकाले फोहर विसर्जन स्थलको खोजी गरिरहेको उपप्रमुख गीता खड्काले बताए। “वन कार्यालय, वडाध्यक्ष, टोलविकास संस्थाका पदाधिकारीको टोलीले स्थान खोजिरहेका छौँ,” उनले भने, “समस्या समाधानका लागि पहल गरिरहेका छौँ ।”

पटक पटक राजावासबाट फोहर विसर्जन स्थल अन्यत्र हटा’उन नगरपालिकामा मौखिक तथा लिखितमा गर्दा समेत सुनुवाइ नभएको स्थानीयवासीको भनाइ छ । राजावासमा बस्ती नजिकै जथा’भावी फोहर फाल्दा स्थानीयवासीले समस्या हुने गरेको बताउँदै आएका छन् ।

बजार नजिकै अव्यवस्थित तवरले फालिएको फोहरका कारण राजावास गाउँका गाउँलेले समस्या भोग्नु’परेको टोल विकास संस्थाका अध्यक्ष अधिकारीले बताए। “दु’र्गन्ध फैलिन्छ, गाउँमा भात खान सक्ने अवस्था छैन, दिनप्रति दिन रो’ग फैलिँदैछ, झिङ्गा भ’न्किने जस्ता समस्या छन्,” उनले भने।

बजार नजिकै फालिएको फोहरका कारण बजारमा अत्यधिक प्रदूषण बढ्ने गरेको छ । फोहर फैलिएको ठाउँ नजिकै स’श’स्त्र प्रहरीको बेसक्याम्प, बौद्ध गुम्बा र बस्ती पनि रहेको छ । फोहर फैलिएको स्थानदेखि खोलापारि कटारी बजार अवस्थित रहेको छ ।

२०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया