शनिबार २३ मंसिर २०८०

सुनसरी / सुनसरीको बर्जु–५ का जाबिर अन्सारी गत फागुनमा मोटरसाइकल दु’र्घ’टनामा परी घा’इते भए । सत्र वर्षीय जाबिरको फागुन २ गते बिहान दु’र्घटना हुँदा (स्पाईनल कर्ड) मे’रुदण्ड भाँ’चिएको थियो ।

उनी सुनसरीको भुटाहा मदरसामा कक्षा ७ मा अध्ययनरत छन् । परिवारको आर्थिक अवस्था क’मजोर रहेकोले दैनिक ज्यालादारीसमेत गर्ने उनी स्थानीय आशिष अन्सारीको घर निर्माणमा इँटा जोड्ने काम गर्दथे ।

फागुन २ गते ज्यालादारीको रकम माग गर्दै उनी आशिषको घर पुगेका थिए । तर आशिषले आफूसँग साथमा पैसा नभएको र पैसा लिन जानुपर्ने भएकाले बाइकमा तेल हालेर ल्याउन जाबिरलाई अह्राएका थिए ।

भीमपुरस्थित पेट्रोल पम्पमा तेल हाल्न जाँदै गर्दा उनी दु’र्घ’टनामा परेका हुन् । उनले कु’दाएको बाइक अचा’नक अनि’यन्त्रित भई उखु बोकेको एउटा ट्रयाक्टरमा गएर ठो’क्किएको थियो ।

त्यसपछि उनलाई उप’चारका लागि एम्बुलेन्समार्फत विराटनगरस्थित गोल्डेन हस्पिटल ल्याइएको थियो । त्यहाँ उनलाई २ महिनासम्म भे’न्टिलेटरमा राखेर उ’पचार गरियो । करिब १२ दिनअघि मात्रै उनलाई अस्पतालको जेनेरल वार्डमा सारिएको थियो ।

अस्पतालले उनलाई मृ’त्युको मु’खबाट त फर्कायो । तर जाबिरको उप’चारका क्रममा परिवार भने सु’कु’म्बासी नै भए । जलिल मियाँले छोरा जाबिरको उपचारमा आफ्नो ६ कठ्ठा जग्गा बेचिसके अनि त्यसबाहेक अरू ऋणसमेत लिईसके । अब उनको अहिले घर मात्र बचेको छ । तर पनि उपचार खर्च तिरिसकिएको छैन ।

जलिलले आफ्नो ६ कठ्ठा जग्गा बेचेर नै अस्पताललाई १९ लाख रुपैयाँ बुझाए । सम्पत्तिको नाममा उनीसँग घर र त्यसले ओगटेको जमिन मात्र बाँकी छ । अब अस्पताललाई एक लाख ७० हजार रुपैयाँ अझै तिर्न बाँकी छ ।

‘सम्पत्तिको नाममा अब घर र त्यसले ओगटेको जमिन मात्र बाँकी छ’, जलिले दु’ख व्यक्त गर्दै भने, ‘अब त्यो तिर्न घरसमेत बेच्नुपर्ने अवस्था छ । म के गरौं ? सा’स रहुन्जेलसम्म त अलिकति भएपनि ज्या’नकै आश हुँदोरहेछ ।’

शनिबार उनी अस्पतालबाट डि’स्चार्ज भए । अस्पतालमा उपचारकै क्रममा उनलाई को’रोना स’ङ्क्र’मणसमेत भएको छ । सङ्क्र’मित अवस्थामै आफन्तले थप पैसा तिर्नसक्ने अवस्था नभएको बताएपछि शनिबार अस्पतालले उपचार खर्चमा दुई लाख छुट दिँदै उनलाई डिस्चार्ज दिएको हो ।

बिरामीलाई श्वा’स’प्रश्वासमा समस्या नरहेकोले होम आइ’सो’लेसनमा राख्ने परिवारले जनाएको छ । सङ्क्र’मित अवस्थामै अस्पतालबाट डिस्चार्ज भएका उनको कम्मर’मु’निको भाग चल्दैन । यता, दाजु सज्जाद अन्सारी भने भाइ जाबिरको शरीर नच’ल्ने अवस्था हुनुको कारण अस्पतालको हे’ल’चेक्र्याइँ भएको दा’बी गर्छन् ।

३४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया