
काठमाडौं / नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँ तोकेको छ । आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो।
अघिल्लो कारोबारको अन्तिम दिन शुक्रबार प्रतितोला सुन १ लाख १ हजार चार सयमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा नेपाली बजारमा दैनिक सुन तथा चाँदीका मूल्य तोकिने गर्छ।
नेपाल सुनचाँदी व्यवसायीमहासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार २ सय पुगेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय पुगेको महासंघले जनाएको छ।
मूल्य बढेपनि झन् बढ्दैछ सुनको आयात :
प्रतिबन्धका कारण अधिकांश वस्तुको आयात घट्दा सुनको भने बढेको छ। चालू आर्थिक वर्षको पाँच महिनामा अघिल्लो आवको सोही अवधिको तुलनामा एकतिहाइ बढी मूल्यको सुन भित्रिएको हो।
भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्म २६ अर्ब ४४ करोड ४५ लाख २५ हजार रुपैयाँबराबरको आयात भएको छ। गत आवमा सोही अवधिमा १९ अर्ब ६६ करोड १४ लाख २१ हजार रुपैयाँको मात्र भित्रिएको थियो। अर्थात् यसपटकको आयात ३४.५ प्रतिशत बढी मूल्यको हो।
यो मूल्य कच्चा सुनको हो। व्यक्तिगत रूपमा ल्याइएका गहना जोड्दा ३६ प्रतिशतले बढेको छ। तथ्यांकअनुसार पाँच महिनामा ९६ करोड ४७ लाख रुपैयाँको गहना ल्याइएको छ। जबकि गत आवमा सोही अवधिमा ५१ करोड २ लाख रुपैयाँको मात्र आयात भएको थियो। बैंकहरूले दैनिक १० किलो मात्र कच्चा सुन आयात गर्न पाउँछन्।
व्यवसायीले आफूलाई आवश्यक सुन कोटाअनुसार बैंकबाट किन्ने गरेका छन्। सरकारले गाडीलगायत विला’सिताकासहित अत्या’वश्यकभन्दा बाहिरका वस्तु आयातमा रोक लगाएको पर्सिपल्ट वैशाख १६ गते नेपाल राष्ट्र बैंकले सुनको दैनिक कोटा घटाएको थियो। त्यसअघि सिजनका बेला २५ किलो र अन्य बेला २० किलो ल्याउन पाउने व्यवस्था थियो।
सरकारले कोटा घटाए पनि आयातमार्फत बिदेसिने मुद्रा भने बढेको हो। आयात मूल्य बढे पनि सुनको परिमाण भने बढेको छैन। चालू आवको पहिलो पाँच महिनामा १ हजार ७ सय ५९ किलो क’च्चा सुन र १६ किलो गहना आयात भएको छ। गत आवको पहिलो पाँच महिनामा २ हजार ८ सय ४५ किलो सुन आयात हुँदा ८६ किलो सुनका गहना नेपाल भित्रिएका थिए।
किन बढ्यो सुनको आयात मूल्य ?
दैनिक आयात कोटा आधा बनाउँदा पनि विदेशी मुद्रा दोहन हुने क्रम नरोकिनुको मुख्य कारण हुन्, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु र नेपाली मुद्रा कमजोर बन्नु। तथ्यांकमा आयात बढेको देखिए पनि परिमाण भने घटेको बताउँछन् नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्य।
‘नेपाल राष्ट्र बैंकले वैशाख १६ गते सुन आयातको कोटा आधा बनाएपछि स्थानीय बजारको माग धान्नै नसक्ने परिस्थिति सिर्जना भएको छ’, अध्यक्ष शाक्यले अन्नपूर्ण पोस्ट्सँग भने, ‘दैनिक २० किलो सुन आयात हुने गरेकामा अहिले १० किलो मात्र आयात हुने गरेको छ।’
उनका अनुसार व्यवसायीले बैंकबाट सुन किन्ने गरे पनि त्यसका अलवा व्यक्तिगत रूपमा गरगहना पनि विदेशबाट ल्याइने गरेको छ। ‘अहिले आयात बढी देखिनुको अर्थ सुन महँगो बनेको छ भन्ने प्रमाण हो’, शाक्यले भने, ‘यस्तै नेपाली मुद्रा कम’जोर बन्दा आयात बढी देखिएको छ।’
अन्तर्राष्ट्रिय बजारमा २ महिनाअघि सुनको मूल्य प्रतिऔंस १६ देखि १७ सय अमेरिकी डलर थियो। अघिल्लो आवको पहिलो पाँच महिनामा पनि प्रतिऔंस १५ सयदेखि १७ सय डलरको बीचमा थियो। अहिले दुई महिनामै सुनको मूल्य प्रतिऔंस १८ सय डलर नाघेको छ।
एक औंसमा २.४३ तोला हुन्छ। विभागको तथ्यांकअनुसार चालू आवको पहिलो तीन महिनामा साढे ११ अर्ब रुपैयाँ बराबरको ९ सय ९७ किलो सुन आयात भयोे। त्यसपछिका २ महिनामा १५ अर्ब रुपैयाँभन्दा बढीको भित्रिएको हो।
अमेरिकी डलर पनि महँगिएको छ। अघिल्लो वर्ष साउनदेखि मंसिरसम्म १ डलरको मूल्य १ सय १७ देखि १ सय १८ रुपैयाँको बीचमा थियो। अहिले विनिमय दर बढेर १ सय ३२ रुपैयाँ पुगेको छ। पछिल्लो पाँच महिनाको औसत विनिमयदर नै १ सय ४० रुपैयाँ छ।
आयात कोटा बढाउन व्यवसायीको मा’ग :
सरकारले विदेशी विनिमय सञ्चिति घटेको भन्दै वस्तु आयातमा प्रतिबन्ध लगाएपछि केन्द्रीय बैंकले सुनको कोटा कटौती गरेgको थियो। अहिले सरकारले सो प्रतिबन्ध फुकुवा गरिसकेको छ तर केन्द्रीय बैंकले सुनमा गरेको कडाइ यथावत् राखेको छ।
व्यवसायीले सुनको माग धान्न धौ–धौ भएको भन्दै कोटा बढाउनुपर्ने माग गरेका छन्। नयाँ सरकार बनेसँगै नयाँ अर्थमन्त्री आएपछि उनीहरूले आयात कटौती खुला गर्न लबिङ थालेका हुन्। ‘विदेशी मुद्राको पर्याप्तता घटेको बेला कोटा घटाइनु ठीकै थियो होला’, महासंघका अध्यक्ष शाक्यले भने, ‘अहिले अरू वस्तुको आयात खुलेपछि पनि सुनको यथावत् राखिँदा हामी मारमा परेका छौं।’ राष्ट्र बैंकले पुनः सर्कुलर जारी गरी कोटा पूर्ववत स्थितिमा फर्काउनुपर्ने उनको भनाइ छ।
शीर्ष २५ वस्तुमा सुन, एयरक्र्याफ्ट तथा पाटपुर्जा, पेट्रोलियम पदार्थ र रासायनिक मल मात्र अघिल्लो आवको यही अवधिभन्दा बढी आयात भएका छन्। पेट्रोलियम पदार्थ गत आवको मंसिरसम्म १ खर्ब ६ अर्ब १० करोड रुपैयाँको आयात भएको थियो। चालू आवको सोही अवधिमा १ खर्ब २१ अर्ब ८ करोड रुपैयाँको आयात भएको छ। पेट्रोलियम पदार्थ सबैभन्दा धेरै आयात हुने वस्तु हो।
रासायनिक मलको आयात ७७ प्रतिशतले बढेको छ। गत आवको मंसिरसम्म ८ अर्ब ५८ करोड रुपैयाँको ल्याइएकामा चालू आवको समीक्षा अवधिमा १५ अर्ब १६ करोडको आएको छ। हवाईजहाज र पाटपुर्जा गत आवको मंसिरसम्म १ अर्ब १८ करोडको आयात भएकामा चालू आवको साही अवधिमा २ अर्ब ५९ करोडको पैठारी भएको छ।
विभागको तथ्यांकअनुसार चाँदीको आयात सर्वाधिक ९४ प्रतिशतले घट्दा यसबीचमा क’डा प्र’तिबन्ध लगाइएको गाडी र पा’ट’पुर्जा आयात ५६ प्रतिशतले घटेको छ। सरकारले गाडी आयात रोके पनि पाटपुर्जामा भने क’डाइ गरेको थिएन ।