शुक्रबार २२ मंसिर २०८०

पथरी / पिक्नीक खान गएका इटहरी उपमहानगरपालिकाका कर्मचारी कुसुम पोख्रेल मगरलाई प्रहरीले निय’न्त्रणमा लिएको छ । मगरलाई मा’दक पदार्थ से’वन गरी झग’डा गरेको आरो’पमा प्रहरीले निय’न्त्रणमा लिएको होे ।

पिक्नीक खान आएका उपमहानगरपालिकाका कर्मचारीहरुको टोलीले मगरलाई मा’दक पदार्थ से’वन गरी प्रशासकीय अधिकृतलाई गा’लिगलौज गरेको र हा’तपात समेत गरेपछि प्रहरीलाई बोलाएर बुझाएका थियो ।

इटहरी उपमहानगरपालिकाका कर्मचारीहरु १५ गते शुक्रबार पथरी शनिश्चरे स्थीत भुल्के सिमसार क्षेत्रमा पिक्नीक खान आएका थिए । अधिकृतस्तर छैटौ तहको कर्मचारी मगर इटहरी उपमहानगरपालिकाका वडा नम्बर ४ का वडा सचिव हुन ।

कुसुम पोखरेल मगरको यो घटना भने पहिलो हैन । उनि सरकारी पदको दुरु’पयोग गर्दै पटक पटक म’दिरा से’वन गरी वि’बादमा आई रहने कर्मचारीहरु बताउँछन् । इलाका प्रहरी कार्यलय पथरीको नि’यन्त्रणमा रहेका मगरलाई १६ गते शनिवार इटहरी उपमहानगरपालिकाकाले बुझेको इलाका प्रहरी कार्यलय पथरी जनाएको छ ।

यो पनि :- नयाँ वर्षमा बन्दीपुरमा पर्यटक खचाखच,
बन्दीपुर / अङ्ग्रेजी नयाँ वर्षको अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

नयाँ वर्ष मनाउन तथा घुमघाम गर्ने उद्देश्यसहित आन्तरिक तथा बाहय पर्यटक बन्दीपुर आएको होटल दरबार हिमालयनका सञ्चालक वैश गुरुङले बताउनुभयो ।

“अङ्ग्रेजी नयाँ वर्षका अवसरमा विदेशीभन्दा स्वदेशी पर्यटकको चाप छ”, गुरुङले भन्नुभयो । उहाँका अनुसार आज साँझदेखि थप पर्यटक बन्दीपुर उक्लिने अनुमान गरिएको छ ।

नयाँ वर्ष मनाउन पोखरा, चितवन वा अन्यत्र जाने पर्यटक विगत केही वर्षयता बन्दीपुर आउन थालेका छन् । “बन्दीपुरमा यस वर्ष सडक खाना महोत्सव आयोजना गरिएको छ, अन्यत्र जिल्ला नगई जिल्लाभित्रै नयाँ वर्ष मनाउने प्रचलन बढेको छ”, गुरुङले भन्नुभयो, “यो बन्दिपुरको पर्यटनका लागि राम्रो हो ।”

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले नयाँ वर्षसँगै बन्दीपुर आन्तरिक पर्यटकले भरिएको बताउनुभयो । जाडो सुरु भएसँगै बन्दीपुरमा पर्यटकको चहल’पहल स्वभाविकरूपमा वृद्धि हुन्छ । बन्दीपुरमा अरु दिनको तुलनामा बिदाको दिनमा पर्यटकको चा’प बढी हुन्छ ।

सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरिलगायतका हिमशृङ्खला देख्न सकिन्छ ।

भक्तपुरे शैलीमा निर्माण गरिएका घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको पहिलो रोजाइ बन्ने गरेको छ । बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् ।

बन्दीपुरमा रहेका परम्परागत घरका कारण यहाँको पर्यटनमा टेवा मिलेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो ।

अठारौँ शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारहरूले भक्तपुरे शैलीमा घर र ढुङ्गा बि’छ्याइएर बाटो निर्माण गरेको स्थानीय बताउँछन् । बन्दीपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिन्छ ।

पुरानो घरको आकर्षणले पर्यटकको आग’मन बढ्दै गएकाले गाउँपालिकाले बजार क्षेत्रभित्र आधुनिक र पश्चिमेली शैली झल्किने गरी घर बनाउने निषेध गरेको छ । – रासस

२३० पटक हेरिएको

तपाईको प्रतिक्रिया