
कतिपय समयमा घरको वरपर यस्ता चिज आउँछन् जसले घरलाई कुरुप बनाउँछ । पर्खाल कुरुप बनाउने मात्र होईन कमजोर पनि बनाउँछ । त्यसैले हामी घरको पर्खालमा उम्रिएका कुनै रुख बिरुवा हामी उखेलेर फाल्छौँ ।
हिन्दू धर्मग्रन्थ अनुसार पिपललाई निकै पवित्र विरुवा मानिन्छ। त्यसैले यसलाई उखेलेर फालेमा ठुलो पा’प लाग्दछ भन्ने पौराणिक विस्वास रहँदै आएको छ । यस दो’षबाट कसरी बँच्ने भन्ने विषयमा ज्योतिषाचार्य पं. प्रफुल्ल भट्टले यस्तो सुझाब दिएका छन् ।
बाध्यतामा परेर यदि तपाईंले तपाईले आफ्नो वा अरु कसैको घरको पर्खालबाट पिपलको बिरुवा उखेल्नुभयो भनेपनि अर्को स्थानमा लगेर सार्नुहोस् । जसले तपाई यसको अशु’भ फलबाट बँ’च्न सक्नुहुन्छ ।
पिपलमा भगवान विष्णुको वास हुने विश्वास रहँदै आएको छ। त्यसैले यो दो’षबाट बँ’च्नका लागि दैनिक भगवान विष्णुको पूजा गरेर तुलसीको मालाले तल लेखिएको मन्त्रले जप गर्नुहोस् ऊँ वासुदेवाय नमः ।
पिपलको पूजा गर्दा भगवान शनिदेव प्रसन्न हुनुहुन्छ । पिपलको विरुवा न’ष्ट गरेमा शनि दोष बढेर जान्छ । यस दोषबाट बँच्नका लागि भगवान शनिदेवको पूजा गरेर पिपललाई जल चढाउनुहोस्।
पिपलको पूजाबाट पितृ पनि प्रसन्न हुने र आर्शिवाद मिल्ने विश्वास छ । यस दोषको अ’शुभ फलबाट बँच्नका लागि प्रत्येक अमावस्या पितृको आत्मालको शान्तिका लागि घरमा पनि पुजा गर्न सकिन्छ ।महामृत्युञ्जयको मन्त्र जप गरेर पनि पिपलको दो’ष न’ष्ट गर्न सकिन्छ । तपाई आफैँ स्वयम् मन्त्र जप गर्न सक्नुहुन्न भनेपनि कुनै योग्य ब्रह्मणलाई गराउन सक्नुहुन्छ।
यसैगरी पिपल नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र चीनलगायत देशमा पाइन्छ । यसले बढी मात्रामा अक्सिजन प्रवाह गर्छ । यसको कार्बन सोस्ने क्षमता पनि बढी छ । पिपल लामो अवधिसम्म बाँचिरहने वृक्ष त हो नै परापूर्वकालदेखि नेपालको मधेस, तराई, चुरे, पहाड र उच्च पहाड तथा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको यो रैथाने वृक्ष पनि हो । वर र पिपललाई मिलाएर चौतारो पनि बनाउने प्रचलन छ ।
वृक्ष राजयनमः अर्थात पिपललाई रुखहरुको राजा भनेर पनि चिनिन्छ । भगवान कृष्णले गीतामा भन्नुभएको छ– अश्वत्थः सर्ववृक्षाणुां अर्थात सबै वृक्षमा म पिपलको वृक्ष हुँ । त्यसैगरी शास्त्रहरुमा भनिएको छ– अश्वत्थःपूजितोयत्रपूजिताःसर्व देवताः अर्थार्त पिपलको पूजा गर्नाले सबै देवताको पूजा गरेको फल प्राप्त हुन्छ ।
हि’न्दु र बुद्ध धर्माबलम्बी दुवै पिपलप्रति आस्था राख्छन । हि’न्दुमा ब्रह्मा, विष्णु र शिवको बास यही रुखमा छ भन्ने मान्यता छ । पिपलको रुखमा शनीको पनि बास हुने हुँदा शनिबारको दिन जल चढाउँदा वा छुँदा मात्र पनि राम्रो हुने धर्मशास्त्रमा उल्लेख भएको पाइन्छ ।
गौतम बुद्धले बुद्धत्व अर्थात ज्ञान यसै रुखमुनि बसेर हासिल गरेकाले बौद्ध धर्मअनुसार यस वृक्षको ठूलो महझ्व छ । पिपलको रुख– ज्ञानोदय र शान्तिको प्रतीक हो । पिपलको पातको आकार हृदयको जस्तै भएकाले मायाको प्रतीक पनि मानिन्छ ।पिपलको औषधीय गुण निकै प्रभावकारी छन ।
यसको जरा, बोक्रा, पात तथा फलमा कुनै न कुनै औषधीजन्य गुण हुन्छ जसले विभिन्न क’डा प्रवृत्तिका रोगको उपचारसमेत सम्भव हुन्छ । पचासभन्दा बढी रोगको उपचारमा यसको प्रयोग गर्ने गरिएको छ । यसमा भिटामिनजन्य गुण पनि हुन्छ । बाथ, गिजाको रोग, कान दुः’ख्ने, पुरानो घा’उ, अल्सर, वा’कवाकी, गनो’रिया, मधु’मेह, दम, पखाला, छा’रे’रोग, ग्यास्टिक, नपुं’सकत्व जस्ता रोग र समस्यामा पिपल प्रयोग गरिन्छ ।
यसको पात कमलपित्त र हृ’दय रोगमा पनि उपयोगी हुन्छ । क’ब्जियतको समस्या समाधान गर्नमा पिपलको पातको से’वन रामवाण नै मानिन्छ । अन्य विविध रोगमा पनि यसको उपयोगिता पाइन्छ । पिपलको रुखमा झण्डै ६० किसिमका रासायनिक तत्व पाइने पुष्टी भएको छ । सबैभन्दा बढी अक्सिजन दिने वनस्पति पनि पिपल नै भएकोले पनि यसको संरक्षण गर्नु जरुरी छ ।