शुक्रबार २२ मंसिर २०८०

चन्द्रौटा / महोत्सवमा कलाकार दुर्गेश थापामाथि आ’क्रमण भएको छ । कपिलवस्तुमा आयोजना भएको सातौँ चन्द्रौटा महोत्सवमा शनिवार आकर्षणको रूपमा आएका कलाकार दुर्गेशको प्रस्तुति दिँदै गर्दा ढु’ङ्गा प्र’हा’र भएको हो ।

मञ्चमा प्रस्तुति दिँदै गर्दा गायक थापासँग आ’क्रोशित दर्शकहरुको समूहले ढु’ङ्गा प्र’हार गरेपछि उनको प्रस्तुति नै रो’किएको थियो । उनीमाथि आ’क्रमण भएपछि महोत्सव स्थलमा सुरक्षा व्यवस्था क’डा पारिएको छ ।

अ’श्लि’ल गीतहरू गाएको भनेर दर्शकको आ’लोचना तथा पटकपटक कार’बाहीमा समेत पार्दै आएका थापा नायक पल शाहलाई फ’साउन सहयोग गरेको भन्दै वि’वादमा तानि’एका छन् । थापालाई शाहको समर्थकहरूले ढु’ङ्गा प्र’हार गरेको हुनसक्ने अनुमान रहेको छ ।

शनिवारका दिन दर्शकको अत्य’धिक भी’ड रहेकाले कसले ढु’ङ्गा प्र’हार गरेको भन्ने विषयमा अनु’सन्धान भइरहेको बताइएको छ । व्यापार संघ कपिलवस्तुले आयोजना गरेको महोत्सव यहि पुस महिनाको २१ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

यो पनि :- तमुधी बेल्जियमले मनायो ‘ल्होसार पर्व’
बेर्खेम, बेल्जियम / ‘शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हरा’उँछ, परम्परा ह’राए मान्छे हराउँछ ‘ मूल नाराका साथ तमुधी बेल्जियमले बेल्जियमको सुन्दर सहर बेर्खेममातमुहरूको ल्होसार पर्व भव्य रूपमा मनाएको छ ।

ल्होसार पर्वको उद्घाटन् कार्यक्रमको प्रमुख अतिथि, संस्थाकी अध्यक्ष प्रविना गुरुङ एवं बेनेलक्ल तथा युरोपियन युनियनका लागि महामहिम राजदूत गेहेन्द्र राजभण्डारीले गरेका थिए । पानसमा द्विप प्रज्वलन गरी कार्यक्रमको उद्‍घाटन गरिएको थियो ।

एनआरएनए अध्यक्ष खड्ग बहादुर केसीले नेपाल बहुभाषा र बहुसंस्कृतिको धनी देश रहेकोले गर्व गर्नुपर्ने बताए । उनले भने, ‘हामीले नयाँ पीढीलाई पनि संस्कार सिकाउनुपर्छ, भुल्नु हुन्न ।’ यस्तै, जनजाति सरोकार मञ्च यूरोप संयोजक वदन योङहाङले पनि गुरुङ समुदायको नयाँ वर्ष ‘ल्होसार पर्व’ को शुभकामना दिए ।

तमुधी बेल्जियमकी उपाध्यक्ष संगिता तमुस्योले स्वागत मन्तव्यको क्रममा तमुहरुको महान चाड ल्होसार पर्व तथा नयाँ वर्षको अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीलाई हार्दिक शुभकामना व्यक्त गर्दै बा’घ वर्गलाई विदाइ गरी बिरालो वर्गमा प्रवेश गरेको बताइन् ।

कार्यक्रममा भाषा संस्कृति संवद्र्धनन र प्रबर्द्धन गर्न सधैँ एकजुट हुनुपर्ने कुरामा जोड दिँदै प्रवासी मन्च ओएनएफ बेल्जियमकी अध्यक्ष ईशा गुरुङले ‘घर फु’टे – गवार लु’टे’ चरितार्थ हुने बताइन् । उनले स्वार्थले समाज विभाजन होइन एकै मन्चमा बसेर एक छौँ भन्ने सन्देश दिनुपर्ने बताइन् ।

तमुधी बेलिजियमका प्रमुख सल्लाहकार मनिस गुरूङले ‘अनेकतामा एकता, विविधतामा समानता’ भन्दै एकता र समानताबीच सह–अस्तित्वको सन्देश प्रवाह गरे । उनले पन्चायतकालमा पहिलो पटक तमुधी स्थापना भएको पनि समरण गरे ।

आफ्नो मातृसंस्थालाई भुल्न नहुने र कुनै जाति र समुदायविरुद्ध लाग्न नहुने पनि उनले बताए । उनले भने, ‘विचार संस्थागत हुनुपर्छ। परम्परा एक्सचेन्ज हुनुपर्छ। तर हराउँनु हुन्न । बिभिन्न समुदायको संस्कृतिलाई संरक्षण गर्नुपर्छ। लो’प हुने अवस्थामा पुगेकालाई बचाउनुपर्छ।’

आदिवासी जनजाति महासंघ बेल्जियमको उपाध्यक्ष मुना राईले परस्पर सहयोग गर्नु र राष्ट्र निर्माण गर्नु नै संस्था निर्माणको उद्देश्य हुनुपर्ने कुरामा जोड दिइन् । उनले भनिन्, ‘विदेशमा दुः’ख सुखमा संगै हुनुपर्छ र पर्दाको जन्ती मर्दाको मलामी हुनुपर्छ । आपसमा आक्षेप नलगाइ सांस्कृतिक, सामाजिक, आर्थिक अवस्थालाई विकास गर्नुपर्छ ।’

जनप्रगतिशील मोर्चा युरोपका अध्यक्ष विष्णु भुजेलले संस्था सांस्कृतिक मनोरन्जनमात्र सीमित नभइ राजनीतिक धारमा पनि विकसित भएको बताए । बाघ वर्षको अन्त्य भई बिरालो वर्षमा प्रवेश गरेकोमा तमुहरूलाई उनीहरूको सुस्वास्थ्य लागि परम्परागत पद्धतिअनुसार (सुरक्षाको प्रतिक रूपा (धागो) समेत लगाइएको थियो ।

दुई चरणमा विभाजिति रहेको कार्यक्रममा कलाकारहरू तथा बालकलाकारहरूले रौनकता थपेका थिए । साथै, गुरुङ भाषाका सुमधुर गीतमा विदेशी नागरिकहरू पनि झुमीझुमी नाचिरहेको दृश्यले वातावरण एकटक बनाएको थियो ।

कार्यक्रममा नेपालबाट आएका कलाकारद्वय मल्लिका कार्की र पाल्पसा डङ्गोलको निकै नै आकर्षक र अविस्मरणीय प्रस्तुति रह्यो । मल्लिकाले ‘माया पिरती तनु शिरमाथि’ बोलको गीत गाएर सबैलाई नचाइन् । पल्पसाले ‘मै ठूली भएछु रे’ बोलको गीतमा छमछमी नाचिन् । उनको नाचसँगै दर्शक पनि नाचे ।

अन्तमा संस्थाकी अध्यक्ष गुरुङले कार्यक्रम भव्य र सभ्य रूपमा सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै औपचारिक कार्यक्रम समापन गरिन्। कार्यक्रममा महामहिम राजदूत र प्रथम महिलालाई गुरुङहरूको परम्परागत पोषाक भाङग्रा र घलेक पहिराइएको थियो । साथै, अध्यक्ष गुरुङ र समाजको जेष्ठ नागरिक श्रीप्रशाद तमुले संयुक्त रूपमा सम्मान गरेका थिए ।

कार्यक्रमको विशेष अतिथिमा एनआरएनए बेल्जियमका अध्यक्ष खड्ग बहादुर के.सी. आमन्त्रित थिए भने अन्य अतिथिहरूमा विभिन्न जातीय, क्षेत्रीय, वैचारिक संस्थाका अध्यक्ष तथा प्रतिनिधि एवं पत्रकारहरू थिए ।

१४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया