शनिबार २३ मंसिर २०८०

विर्तामोड (झापा) / कम्बोडियास्थित ग्रान्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा शुक्रबार भएको भी’षण आ’गलागीमा परी मृ’त्यु भएका झापाको विर्तामोड नगरपालिका–१ का ४० वर्षीय निराकार पाण्डेको बेलैमा उ’द्धार नहुँदा मृ’त्युवरण गर्नुपरेको परिवार र आफन्तले गुना’सो गरेका छन् ।

तीन महिनाअघि पर्यटक प्रवेशाज्ञामा थाइल्यान्ड गएका उनी घुमफिरकै क्रममा कम्बोडियाको सीमावर्ती सहर पोइपेट पुगेका थिए। शुक्रबार राति उनी बसेको होटलमा भी’षण आ’ग’लागी भएको थियो । मृ’तकका बुबा एवम् विर्तामोड–१ का वडाध्यक्ष अग्नि पाण्डेले होटलको १२औँ तलाको कोठामा बास बसेको बेला दुः’खद घट’ना भएको बताए।

बेलैमा उ’द्धार नहुँदा छोराले मृ’त्युवरण गर्नुपरेको उनले गुना’सो गरे । बिहीबार राति साढे ११ बजेतिर होटलमा आ’गलागी सुरु भएको र शुक्रबार बिहान साढे ४ बजेपछि छोरा सँग सम्पर्क वि’च्छेद भएको उनले जानकारी दिए ।

थाइल्यान्डको राजधानी बैंककस्थित नेपाली राजदूतावासले मृ’तकको श’वको तस्बिर नेपालस्थित मृ’तकका आफन्तलाई पठाएर श’वको स’ना’खत गरिसकेको छ । हाल कम्बोडियामै रहेको श’वलाई नेपाल ल्याउनका लागि परराष्ट्र मन्त्रालय र बैंककस्थित नेपाली राजदूतावासमार्फत कूटनीतिक पहल भइरहेको मृ’तकका बुबा अग्निले जानकारी दिए।

पारिवारिक स्रोतका अनुसार गत कात्तिक २१ गते निराकार घुमफिरका लागि थाइल्यान्ड गएका थिए । उनी केही दिनमै नेपाल फर्किने तयारी थियो । यही पुस १५ गते बिहान आ’गलागी भइरहेको होटलको १२औँ तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्या’न ब’चाउन हा’म’फाल्दा मृ’त्यु भएको थियो ।

आ’गलागी सुरु भइसकेपछि करिब चार घण्टाको अवधिमा उहाँले आफू आ’गलागीका कारण अप्ठे’रोमा फ’सेको भन्दै काठमाडौँस्थित आमा र झापास्थित बुबालाई समेत भिडियो फोन गरेर बाँ’च्नका लागि १२औँ तलामाथिको झ्यालबाट हा’म फा’ल्नुपर्ने अवस्थामा पुगेको जानकारी दिएका थिए । परिवारले उनलाई उ’द्धारको पर्खाइमा धैर्य गर्न बारम्बार सुझाव दिएको उनका भाइ निश्चल पाण्डेले बताए।

घट’नामा उ’द्धारको प्रयास नभएपछि बाँ’च्नका लागि हा’मफाल्दा निराकारको ज्या’न गए’को पाण्डेले बताए । घ’टना भएका बेला मृ’तकका बुबा अग्नि र साइलो भाइ झापाको विर्तामोडस्थित निवासमा थिए भने आमा र कान्छो भाइ काठमाडौँस्थित निवासमा थिए।

“बास बसेको होटलमा आ’गलागी भयो, धु’वाँ फैलिँदै गइरहेको छ भन्दै भिडियो कल गरेको थियो,” मृ’तकका बुबा अ’ग्निले शुक्रबार रातिको अवस्थाबारे जानकारी दिँदै भने, “राति करिब चार घण्टासम्म फोन र भिडियोमा सम्पर्क भइरहेको थियो, हामीले उ’द्धार गरेर ब’चाउन आउँछन्, धै’र्य गर् छोरा भनेर ढा’डस दिइरह्यौँ । तर साढे ४ बजेदेखि फोन सम्पर्क टु’ट्यो ।”

कम्बोडियामा रहेका नेपाली र बैंककस्थित राजदूतावासका अधिकारीहरुले आ’गलागीबाट बाँ’च्नका लागि होटलको १२ तलाबाट हा’मफाल्दा चो’टपटक लागेर निराकारको मृ’त्यु भएको जानकारी दिएको उनले बताए ।

शो’काकुल बन्यो विर्तामोड बजार :

युवा व्यवसायी निराकारको कम्बोडियामा आफू बसेको होटलमा भएको आगलागी बाट ज्या’न जो’गाउन हा’मफल्दा मृ’त्यु भएको खबर फैलिएपछि विर्तामोड बजार शो’काकुल बनेको छ । स्थानीयवासी मृ’तकको घरमा भे’ला भएका छन् । झापामा रहेका मृ’तकका बुबा अग्नि घ’टना सुनेलगत्तै काठमाडौँ गएका छन्। काठमाडौँमा मृ’तककी आमा र अरू भाइहरु रहेका छन् ।

झापाको घरमा रहेका मृ’तकका साइला भाइ निश्चलले कम्बोडियाको पर्यटकीय क्षेत्रमा समेत वि’पतका बेला उ’द्धारको भरपर्दो कुनै प्रबन्ध नभएकामा गहिरो खे’द व्यक्त गरेका छन् । “चार घण्टाभन्दा बढी अवधिसम्म दाजु निराकारले उ’द्धार पर्खिएर बस्नुभयो, कुनै आश बाँकी नरहेपछि बाँ’च्नका लागि १२औँ तलाबाट हा’मफाल्नु पर्यो,” उनले भने, “बेलैमा उ’द्धार हुन सकेको भए दाजु बाँ’च्नु हुन्थ्यो ।”

त्यस्तैगरी सङ्गीतकार शिवशङ्कर थापाले अक’ल्पनीय घ’टनाले विर्तामोडबासी स्त’ब्ध भएको बताएका छन् । मृ’तक सङ्गीतकार थापाका छिमेकी थिए । “सानैदेखि असल र मिहेनती स्वभावको हुनुहुन्थ्यो निराकार भाइ,” थापाले भने, “भरपर्दो उद्धा’रको व्यवस्थासमेत देखिएन, मृ’तकले झ्यालमा बसेर बोलेको भिडियोले संसारभरिका नेपालीलाई स्त’ब्ध बनाएको छ ।”

१२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया