
बिर्तामोड (झापा)/ शुक्रबार बिहानैदेखि सामाजिक सञ्जालमा एउटा भिडियो सन्देश ‘भाइरल’ भयो। उक्त भिडियोमा एक युवक आफू जहाँ गए पनि छोरालाई सधैं माया गर्ने भन्दै असल हुन भनिरहेका थिए। नि’राश मुद्रामा देखिने ती युवकको पछाडिको दृश्यमा धु’वाँको मुस्लो उडिरहेको देखिन्थ्यो। अडेस लागेको भाग कुनै भवनको झ्यालको थियो।
उनी छोरालाई भनिरहेका थिए, ‘बाबा अलवेज लभ्स यु। कसैलाई चि’ट गर्नु हुन्न, फ्रड गर्नुहुन्न। आमा बुवा र ममीलाई माया गर्नु है छोरा।’ भिडियोले छिनभरमै सामाजिक सञ्जाल ढाक्यो। धेरैले भिडियो राखेर लेखेका थिए, ‘हार्दिक श्रद्धा’ञ्जलि विपिन। तिमी महान् बाबु हौ।’
उक्त भिडियो सन्देश थियो झापा बिर्तामोड– १ अतिथि सदन रोड घर भएका ३९ वर्षीय निराकार पाण्डे (विपिन) को। उनले थाइल्यान्डको सीमा नजिक कम्बोडियाको पोइपोटस्थित ग्रान्ड डायमन्ड सिटी होटलबाट उक्त भिडियो सन्देश पठाएका थिए छोराको लागि। यो सन्देश नै उनको परिवारका लागि अ’न्तिम सन्देश बन्न पुग्यो।
उनी बसेको होटल र त्यहाँ रहेको क्यासिनोमा आ’गलागी हुँदा उनी १२औं तलामा फ’सेका थिए। उ’द्धार नभएपछि र कुनै उपाय नभएपछि कोठाको झ्यालमा बसेर भिडियो सन्देश पठाएर उनी त्यहाँबाट बच्न सकिन्छ कि भनेर हा’म्फालेको बताइएको छ। त्यसै क्रममा उनको नि’धन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
विपिन बास बसेको ग्रान्ड डायमन्ड सिटी होटलमा बुधबार राति अचा’नक आ’गलागी भएपछि पाण्डेले आफू फसेको थाहा पाएका थिए। चारैतिरबाट आ’गोले घेरेपछि उनी हा’म्फालेका थिए। क्ष’त’विक्षत अवस्थामा उनको श’व पहिचान भएको बताइएको छ। विभिन्न देशका चार सयभन्दा बढी नागरिक आ’गलागीमा फसेका थिए। थाइल्यान्डका धेरै नागरिक उक्त होटल र क्यासिनोमा काम गर्थे।
आ’गलागीमा फसे’काहरूको लामो समयसम्म उ’द्धार हुन नसक्दा पाण्डेसहित धेरैले ज्या’न गु’माए। गैरआवासीय नेपाली संघ कम्बोडियाका अध्यक्ष लाल खड्काका अनुसार उक्त आ’गलागीमा शुक्रबार अपराह्नसम्म २६ जनाको मृ’त्यु भएको छ भने ७३ जना ग’म्भीर घा’इते भएका छन्। होटल र क्यासिनोमा भएको आग’लागीमा हा’म्फालेर केहीको ज्या’न गएको छ। कतिपयको खुट्टा भाँ’चिएको छ।
आ’गो निभाउन ११ वटा दमकल प्रयोग गरिएको थियो। हेलिकप्टरसहित ३ सय प्रहरी अधिकारी घ’टना’स्थलमा खटेका थिए। १७ तले भवन भएकाले आ’गो निभाउन कठिन भएको स्थानीय प्रहरी अधिकारीले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्। ‘घट’नापछि फस्ट फ्लोरको छतमा पाण्डेको डे’थ’बडी भेटियो’, अध्यक्ष खड्काले भने, ‘दूतावासले आएर हेरिसकेको छ। सम्भवतः छिट्टै पाण्डेको श’व नेपाल पठाउने प्रक्रिया पूरा हुन्छ।’
अध्यक्ष खड्काका अनुसार पाण्डे एक महिनादेखि उक्त होटलमा बसेका थिए। पाण्डे यसअघि पनि तीन महिना कम्बोडियामा बसेर नेपाल फर्किएको जनाइएको छ। नोभेम्बर ७ मा थाइल्यान्ड उडेका पाण्डे घूमघामका लागि सीमावर्ती कम्बोडिया पुगेका हुन्।
कान्छा भाइको बिहेपछि उनी थाइल्यान्ड गएका थिए। बिहेपछि भाइ नीराजन अमेरिका फर्किसकेका छन्। ‘आ’गोबाट ब’चेर निस्किने अवस्था रहेन भन्दै दाइले फोन गर्नुभयो’, मृ’तकका कान्छा भाइ नीराजनले अमेरिकाबाट भने, ‘जे नहुनु थियो, भएर छोड्यो। बि’योगको यो पी’डा सहन असाध्यै क’ठिन हुँदो रहेछ।’
होटलको सातौं तलाबाट आ’गलागी सुरु भएको थियो। आ’गो फैलिरहेको र बाहिर निस्कन सक्ने अवस्था नरहेको जनाउँदै पाण्डेले समयमा उ’द्धार नभए मृ’त्युको सा’मना गर्नुको विकल्प नहुने बताएका थिए। पाण्डेले अब आफू मृ’त्युको मुखमा पुगेको र बाँ’च्न मुस्किल भएको बताउँदै काठमाडौंमा रहेकी श्रीमती शशिकला र दाजु निरजलाई सुरुमा फोन गरेका थिए।
को’रोना संक्र’मणका कारण पाण्डेलाई श्वासप्रश्वासको समस्या थियो। उनले आ’गो दन्किरहेको र धुवाँको मुस्लो आइरहेकाले समस्या हुने बताइरहेका थिए। होटलमा आ’गो लागिरहँदा १२औं तलामा रहेका पाण्डेले मध्यराति १२ बजेदेखि बिहान ४ बजेर २६ मिनेटसम्म लगातार परिवार र आफन्तसँग भाइबरमा कुराकानी गर्न भ्याए। आफन्त, साथीभाइ र कतिपयसञ्चारमाध्यमलाई भाइवर र ह्वाट्सअपमा सम्पर्क गरी पाण्डेले आफू संक’टमा फ’सेको र बाँ’च्न सक्ने अवस्था नरहेको बताएका थिए।
‘उसले आ’गो नि’यन्त्रण नभए हा’म्फाल्नुको विकल्प नभएको बताइरहेको थियो। मैले त धेरैबेर कुरा गर्न पनि सकिनँ’, मृ’तकका बाबु अग्निप्रसाद पाण्डेले भने, ‘यस्तो पी’डादायी अवस्था कसैले सोच्नु र सा’मना गर्नु पनि नपरोस्।’ होटलमा आ’गलागी भएको र छोरो फ’सेको थाहा पाएपछि काठमाडौंमा रहेकी आमा लीलादेवी रातभर नि’दाउन सकिनन्।
मृ’त्युको मुखमा पुगेर उद्धारको पर्खाइमा रहेका श्रीमानलाई ब’चाउन सक्ने कुनै सामथ्र्य श्रीमती शशिकलासँग पनि थिएन। नाबालक १० वर्षीय छोरा आर्मनलाई च्या’पेर उनले भगवान्सँग प्रार्थना गरिन्। तर, हुनेहार दै’व नटार, भगवान्ले पनि शशिकलाको प्रार्थना सुनेनन्। बिहीबार मध्याह्नसम्म श्रीमानको मृ’त्युको खबर फैलियो।
मृ’तक पाण्डेका बाबु अग्नि बिर्तामोड–१ का वडाध्यक्ष हुन्। मृ’तक पाण्डे माइँलो सन्तान हुन्। उनका अरू तीन दाजुभाइ निरज, निश्चल र नीराजन छन्। छोराको मृ’त्युको खबरपछि उनी काठमाडौं पुगेका छन्। आमा लीलादेवी काठमाडौंमै थिइन्। पाण्डेकी श्रीमती शशिकला लोहनी र छोरा आर्मन काठमाडौंको सुकेधारामा बस्दै आएका छन्।
श’व ल्याउन पहल थालियो :
घ’टनापछि पाण्डेको श’वलाई नेपाल ल्याउने भन्ने विषयमा पहल भइरहेको छ। एमाले नेता अग्नि खरेलले छोराको श’व नेपाल ल्याउन पहल गरेको र मंगलबारसम्म नेपाल आइपुग्ने मृ’तकका बाबु पाण्डेले बताए। उनका अनुसार थाइल्यान्डस्थित नेपाली दूतावासले पाण्डेको श’व बुझेको छ।
दूतावासका प्रथम सचिव खगराज पाण्डेले श’व बुझिसकेको उनले जानकारी दिए। आ’गो निय’न्त्रणमा आउने छाँटकाँट नदेखेपछि पाण्डेले घ’टनाबारे परिवारका सदस्यलाई सुनाए। परिवारका सदस्यसँग ४ घण्टाभन्दा बढी कुरा भयो। आगलागीको दृश्य देखाउँदै उनले आफू मृ’त्युको मुखमा पुगेको र अब होटलको १२औं तलाबाट हा’म्फाल्नुको विकल्प नभएको सुनाए।
‘आ’गोले शरीर ज’लेर ख’रानी हुनुभन्दा हा’म्फालेर म’र्दा परिवारले ला’स पाउँछ भन्ने उसको सोचाइ रहेछ’, झापाको बिर्तामोडमा रहेका भाइ निश्चल पाण्डेले भने, ‘आ’गो लागेपछि उसले उम्किन खोजेको तर प्रयास सफल नभएको बताइरह्यो।’ दाजु निरजका अनुसार कान्छा भाइ नीराजनको बिहेपछि निराकर थाइल्यान्ड गएका हुन्।
कम्बोडियामा भाइ बसेको होटलमा आ’गलागी भएको थाहा भएपछि दाजु निरज श्रीमती र आमासहित बुहारी र भतिजो भेट्न सुकेधारा पुगेका थिए। भिडियो कलमा परिवारका सदस्यले नआ’त्तिन सम्झाइरहे। चाँडै उ’द्धार हुन्छ भन्दै आफूहरूले आ’त्मबल दिएको मृ’तकका जेठा दाजु निरज बताउँछन्।
निराकारले होटलको १२औं तलाबाट आ’गलागीको दृश्य देखाएपछि परिवारका सदस्यमा बे’चैनी बढेको थियो। घाइ’तेको उ’द्धारका लागि आएका एम्बु’लेन्स क’राइरहेका थिए। प्रहरीको बाक्लो उपस्थिति थियो। दमकलले तेस्रो तलाभन्दा माथि पानी हाल्न नसकेपछि आ’गो नि’यन्त्रणमा लिन १२ घण्टाभन्दा बढी समय लागेको थियो।
उ’द्धार टोली पर्खिंदा—पर्खिँदै होटल ध्व’स्त भएको छ। निरजका अनुसार उक्त होटलमा सन् २०१९ मा पनि आ’गो लागेको थियो। कम्बोडियाका सञ्चारमाध्यमले झोला भिरेर होटलको झ्यालमा टर्चलाइट र मोबाइल बोकेर बसेको निराकारको फोटो छापेका छन्। उनले भिडियोमा कुरा गरिरहँदा कोठाभित्र धुवाँ छिरेको देख्न सकिन्छ।
पाण्डेको मृ’त्युपछि झापाको बिर्तामोड–१ अतिथि सदनरोडस्थित घरमा छरछिमेकी र आफन्तको भीड लागेको छ। भाइ निश्चललाई भेटेर शुभचिन्तकले सान्त्वना दिइरहेका छन्। ‘मृ’त्युको मुखमा पुगेको अवस्थामा कमजोर मु’टु भएकाले कसैसँग कुरा गर्न सक्दैनन्’, छिमेकी हिमा सिटौलाले भनिन्, ‘निराकार भाइ साँच्चिकै आँटिला र साहसी रहेछन्।’
१० वर्षीय छोरालाई पाण्डेको अ’न्तिम सन्देश
गहभरि आँ’सु पारेर मृ’त्युलाई आत्मसात् गरेका पाण्डेले भिडियोमार्फत छोरा आर्मनलाई अन्तिम सन्देश दिएका छन्। उनले आफू जहाँ गए पनि सधैं माया गर्ने भन्दै छोरालाई असल हुन सुझाएका छन्। अन्तिम समयमा छोरासँग कुरा गर्दै पाण्डेले भनेका छन्, ‘सानु, मेरो आँखाको बाबु, म तिमीलाई धेरै माया गर्छु। बाबा अलवेज लभ्स यु। ‘सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा। कसैलाई चिट गर्नु हुन्न, फ्रड गर्नुहुन्न। आमा बुवा र ममीलाई माया गर्नु है छोरा।’
आफूले सकेको सहयोग गर्नुपर्ने बताउँदै उनले विशेषगरी मामा, माइजूहरूलाई कहिल्यै पनि चित्त नदु’खाइदिनु भनेका छन्। उनले भिडियोमा भनेका छन्, ‘लमजुङका बुवाआमाले पनि धेरै गर्नु भएको छ। है सानु तिमी धेरै ठूलो मान्छे बन्नू। ज्ञानी हुनू। अनि रह्यो दिनेश सिलवाल, जो तिमी ठूलो बाबा भन्छौं। है उमेरले ऊ मभन्दा कान्छो भए पनि म दाइ भन्छु उसले मलाई दाजु भन्छ।
उसलाई एकदम रेस्पेक्ट गर्नू, है बाबु। मैले जे जति दुः’ख गरें, हुन्छ कि भनेर कोसिस गरेँ छोरा। मैले सकिनँ है। तिमीसँग बिताएका पलहरू सधैं यादगार रहनेछन्। सधैं शशि मामु, अग्नि बुवा आमासँग भान्जाहरूसँग तिम्रो मामा यानिकी मेरो साढु है, मेरो जेठान शान्ति साली गोथ्ले, तिम्रो भाइ आर्या दिदी, सार्थक भाइ, आरभ भाइ सबैलाई माया र इज्जत गर्नू, कसैलाई फ्रड नगर्नू, ज्ञानी बन्नू।’
‘छोराले देशलाई रुवा’एर गयो’ अग्निप्रसाद पाण्डे, बाबु
आफ्ना अगाडि मृ’त्युबाहेक अरू केही विकल्प नभएपछि मान्छेले बाँच्ने उपाय खोज्दो रहेछ। छोराले होटलबाट हा’म्फालेर बाँच्ने उपाय रोज्यो। तर, उसलाई पनि थाहा थियो कि, यति माथिबाट हा’म्फाल्दा बाँ’च्न सकिँदैन भनेर। उसले होटलको १२औं तलाबाट हाम्फालेको देखिन्छ। मेरो छोरोले मृत्यु अगाडि एउटा आँट र साहस देखाएर घरपरिवार र साथीभाइसँग कुरा गरेको छ।
आ’गोले ज’लेर खरानी हुनुभन्दा हा’म्फालेर म’र्दा परिवारले ला’स हेर्न पाउँछ भन्ने उसको सोच देखियो। मलाई मात्रै होइन छोराले देशलाई रुवा’एर गएको छ। उसकी आमा, श्रीमती र परिवारका सदस्यलाई सम्हा’ल्न गाह्रो छ अहिले। काँबुभन्दाको परिस्थितिमा मान्छेले के गर्न सक्छ र ? उसले जसरी घर परिवारका सदस्य र आफन्तलाई सम्झियो, यो जीवनको अन्तिम क्षणमा ठूलो कुरा रहेछ। भिडियोमा पनि उसले आफ्नो लास जसरी भए पनि घरपरिवारसँग पुर्याइदिन अपिल गरेको रहेछ।
मैले उसले अन्तिम समयमा बोलेको भिडियो हेर्न सकेको छुइनँ। मनमा अनेक पी’डा छन्। उसको श’व कसरी ल्याउने भन्ने चि’न्ता छ। एमाले नेता अग्नि खरेलले श’व नेपाल ल्याउने प्रक्रिया अगाडि बढाइदिनुभयो। शव सकेसम्म छिटो नेपाल ल्याउने गरी नेता खरेल लाग्नु भएको छ। भर्खर थाइल्यान्डस्थित नेपाली दूतावासले श’व बुझेको जानकारी पाएको छु। मंगलबारसम्म श’व नेपाल आइपुग्छ भन्ने छ। दूतावासका प्रथम सचिव खगराज पाण्डेले श’व बुझिसकेको थाहा पाएँ।
‘अरू नेपाली सुरक्षित छन्’
लालसिंह खड्का, अध्यक्ष, गैरआवासीय नेपाली संघ कम्बोडिया
निराकार एक महिनादेखि उक्त होटलमा बसेका रहेछन्। आउने, खानेजाने भइरहेको रहेछ। अचा’नक बुधबार राति होटलमा आ’गो लागेपछि उनी बाहिर निस्किन सकेनन् । होटलमा राति सुतेकाहरू मात्र सम’स्यामा परे।
सुरेन्द्र नाम गरेका एकजना नेपाली सुरक्षित रहेको जानकारी पाएका छौं। तर, उनी अहिले भने सम्पर्कमा आएका छैनन्। सायद आफन्त र साथीभाइसँग बसेका होलान्। होटल र क्यासिनोमा काम गर्ने अरू तीन जना नेपाली कामदार भने सुरक्षित छन्।
उनीहरूले मलाई फोन गरेर हामी सुरक्षित रहन सफल भयौं भनिसके। अरू नेपाली भएको खुलेको छैन। पाण्डे भाइको श’व होटलको फस्ट फ्लोरको छतमा भेटियो। उनले मलाई पनि भिडियो क्लिप्स पठाएर जसरी भए पनि श’व नेपाल पठाइदिनू भनेका रहेछन्।
मैले आवश्यक सहयोग र समन्वय गरिरहेको छु। अब दूतावासले पनि यसमा चासो राखेर काम अगाडि बढाइसकेको छ। पैसाको आवश्यक चाँजोपाँजो भयो भने छिट्टै श’व नेपाल आउन सक्छ। अब दूतावासले जतिसक्दो छिटो गर्यो त्यति नै छिटो हुने हो। शुक्रबार अपराह्नसम्ममा मृ’तकको संख्या २६ जना पुगेको छ। कैयौं घा’इते छन्। समयमा रेस्क्यु हुन नसक्दा यस्तो दुः’खद् घ’टना भयो । -पार्थ मण्डल र सुब्रत न्यौपाने /अन्नपूर्ण पो’ष्ट बाट ।