
काठमाडौं / कम्बोडियामा आफू बसेको क्यासिनो सहितको होटलमा भीषण आ’गलागी भएपछि झ्यालबाट हाम फा’लेका झापाका निराकर पाण्डेले ज्या’न गुमा’उनुअघि परिवारदेखि गैरआवासीय नेपाली संघ (एनआरएनए) सम्मलाई पनि कल सम्पर्क गरेको जानकारी पाइएको छ ।
उनले आ’गलागी सुरु भएपछि एनआरएनए कम्बोडिया शाखाका अध्यक्ष लालसिंह खड्कालाई सम्पर्क गरेका थिए । ‘उहाँले सुरुमै दाइ मेरो श’व घरसम्म पुर्यादिनु होला भन्नु भएको थियो’, खड्काले भने, ‘मैले नआ’त्तिनु उद्धा’रका लागि प्रयास भइरहेको छ भनेको थिएँ । पछि झ्यालबाट हा’म फा’ल्नु भएछ ।’
बीबीसीका अनुसार स्थानीय समय अनुसार बिहीबार राति ११ बजेदेखि उनी बसेको होटल क्यासिनोमा आ’ग’लागी सुरु भएको थियो । ‘आ’ग’लागी भएपछि उहाँले परिवार र हामीलाई जानकारी गराउनु भएको थियो, मैले नआ’त्तिन भनेको थिएँ’, खड्काले भने, ‘समन्वय गर्दा गर्दै उहाँ हा’म फा’ल्नु भएछ ।’
उनले घट’ना’स्थलमा रहेका २०/२५ भन्दा बढी श’वहरू अझै निकाल्न बाँकी रहेको पनि बताए । ‘हाम्रो सम्पर्कमा आएको व्यक्ति कोही पनि हुनुहुन्न, अब हामीसँग पासपोर्ट पनि नभएकाले को हुनुहुन्थ्यो भनेर अनुमान गर्न पनि गाह्रो छ’, उनले भने, ‘यद्यपि, बुझिरहेका छौं ।’
पाण्डेको हकमा चाहिँ मृ’त्यु भएको पुष्टि भएको बताउँदै उनले श’वलाई घर पठाउनका लागि समन्वय भइरहेको बताए । अहिले पासपोर्टसहितका सामग्री साथीहरुले लिएको बताउँदै उनले भने, ‘श’व पनि जिम्मा लिएका छौं ।’
पाण्डेका झापास्थित साथी दिनेश सिलवालले पनि श’वलाई नेपाल ल्याउन थाइल्याण्डस्थित नेपाली दूतावासमार्फत पहल थालिएको सञ्चार माध्यमहरुलाई बताएका छन् । जम्मा १२ तलासम्म रहेको उक्त भवनमा भएको आ’ग’लागीका क्रममा १९ जनाको मृ’त्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।