शुक्रबार २२ मंसिर २०८०

पशुपतिनाथको मन्दिर काठमाडौँ जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थल हो। यो मन्दिर काठमाडौँ महानगरपालिकास्थित बागमती नदीको किनारमा रहेको छ। यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ। पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत युनेस्को विश्व सम्पदा क्षेत्रमा पर्दछ।

सन् १९७९मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो। काठमाडौँ उपत्यकाकै प्राचीनतम धार्मिकस्थल प्रमाणित भएकोले र अति प्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरू तथा प्राचीन अभिलेखहरूको अवस्थित हुनाले पशुपतिनाथको मन्दिर क्षेत्र खुला सङ्ग्रहालय जस्तै देखिन्छ ।

शैव, शाक्त, वैष्णव, बौद्ध, जैन सौर, गाणपत, नाथ सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूका लागि पशुपति क्षेत्र सदैव समान आस्था एवं श्रद्धाको केन्द्र बनेको छ। पशुपति क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवं पुजास्थल अखाडा पनि रहेका छन्।

पशुपतिनाथको मन्दिर एक जीवन्त सम्पदाको रूपमा रहेको छ। जन्मदेखि मृ’त्यु सम्मका सबै संस्कार सम्पन्न गरिने नेपालको यस पावन स्थलको बारेमा केहि रोचक तथ्यहरू पनि छन्। जुन आज हामी तपाईलाई जानकारी गराउँदै छौँ ।

मन्दिरमा कामधेनूको बास : पौराणिक कथाअनुसार, नेपालमा पर्ने चन्द्रावन हिमालय पर्वत को गुफामा इच्छापूर्ती गरिदिने ‘कामधेनु गाई’ आएर बसेका थिए। कामधेनुले दिनहुँ पर्वतबाट तल झरी माटोमाथि आफ्नो दूध चढाउने गर्थे।

यसरी हजारौँ वर्षसम्म पनि कामधेनु गाईले सो ठाउँमा दूध चढाउन थालेपछि एकदिन त्यहाँ वरिपरिका मानिसहरूले के रहेछ भनि खन्दा एउटा सुन्दर चमकदार शिव’लि’ङ्ग भेटेका थिए। त्यसपछि उनीहरूले सो शिवलिङ्गलाई पुजा गर्दै आएका थिए। त्यसैल स्थललाई नै पछि ‘पशुपतिनाथ’ भनिएको हो भन्ने पनि विश्वास गरिन्छ ।

जमिन खन्दा शिव’लिं’ग प्रकट : पशुपतिनाथ मन्दिरमा सदैव शिवजी भगवानको वास रहेको किम्बदन्ती कायमै छ । धेरै पटक मन्दिरको आसपास साना मन्दिहरू निर्माणको क्रममा जमिन खन्दा थुप्रै शिव’लिं’गहरू निस्किएको र त्यहाँ शिव श’क्ती प्रकट हुने गरेको पनि भक्तजनहरूको भनाइ छ। जुन आज सम्म पनि त्यो भनाइ कायमै रहेको छ ।

मन्दिमा गैर हि’न्दुलाई प्रवेश नि’षेध : यो मन्दिरमा केवल हि’न्दु धर्म मान्नेहरू मात्रै प्रवेस गर्न गरेका छन् । यो मन्दिर हि’न्दुहरूको पवित्र तिर्थ स्थल मानिएकोले यहाँ गैर हि’न्दुहरूलाई प्रवेश निषेध गरिएको छ । हि’न्दुहरूले मात्र यहा पुजाआजा , आरती भजन जस्ता कृयाकलापहरूमा भाग लिन पाउनेछन । जस्तोसुकै महत्वपूर्ण ब्याक्तीहरू किन नहुन तर उनिहरू गैर हि’न्दु भएमा उनिहरूलाई समेत प्रवेश निषेध गरिन्छ ।

त्यसैले आज पनि कयौँ बिदेशी पर्यटकहरू उक्त मन्दिरको बाहिरबाटै शिर निहुराएर निस्कने गरेका छन । कुने एक समयमा भारतीय पूर्व प्रधानमन्त्री राजीव गान्धी पशुपतीनाथ मन्दिरको दर्शनका लागि आएका थिए उनको साथमा सोनीया गान्धी पनि रहेकी थिइन । दर्शन गर्ने समयमा राजिव गान्धीलाई भित्र प्रवेश गर्न दिएपनि सोनीयालाई बाहिरै रोकीएको थियो। किनकी सोनीया गान्धी हि’न्दु थिइनन्।

दैव श’क्ती रहेको अनुभव : बि.सं. २०७२ साल वैशाख १२ गते गोरखा जिल्लाको वारपाकलाई केन्द्रविन्दु बनाई गएको ७.८ रेक्टर स्केलको महा’भू’कम्पमा पनि पशुपतिनाथको मूल मन्दिर ‘दैविक-वैदिक-वास्तु शक्ति’ (शिव कथत भूतत्व) विज्ञानको कारण सुरक्षित रहेको देखियो भने मन्दिर परिशर बाहिरका साना मन्दिरमा थोरै क्ष’ति पुगेको देखियो। त्यसको २ वर्ष अगाडि पनि महाप्रलयमा श्रीकेदारनाथ मन्दिर पनि सुरक्षित रहेको थियो।

प्रतिक्षालयको नाम ब्युटीफुल प्यालेस : बिश्वको बिभिन्न राष्ट्रहरूबाट आउने पर्यटकहरूलाई सहज होस भन्ने मनसायले स्थापना गरीएको प्रतिक्षालय नै अहिले ब्युटीफुलको नामले प्रचलित छ । त्यो स्थानको नाम कसरी ब्युटीफुल रहन गयो ? गैर हि’न्दुहरूलाई मन्दिर भित्र प्रवेशमा प्रतिवन्ध लगाएपछि मन्दिरको ठिक अगाडी बनाइएको प्रतिक्षालयको नाम ब्युटीफुल रहन गयो ।

साझको समयमा आरती गर्दा र दियोहरू बाल्दा मन्दिर परिषर झिलिमिली भइ बाहिरी स्थान सजिन पुगेको प्रतिक्षालयबाट नजारा गरिरहेका पर्यटकहरूले सोही दृष्यलाई ब्युटिफुल भन्दै तारिफ गरेपछि त्यस स्थानको नाम आज सम्म ब्युटीफुल रहन गएको हो ।

मुख्य पुजारी भारतकै हुन्छन किन ? जब नेपालमा लोकतन्त्र स्थापना भइ तत्कालिन माओवादीको नेतृत्वमा सरकार गठन भयो त्यो बेला देखी नै पशुपतिनाथ मन्दिरमा रहेका पुजारीको बिषयमा च’र्को बहस भएको थियो ।

सोही बेलामा भारतीय पुजारी हटाएर नेपाली मुख्य पुजारी समेत सरकारले निर्णय गरेर नियुक्ती गरेको थियो तर पूजारी नियुक्ती गरेकै विषयलाई लिएर नेपालीहरू आ’न्दोलनमा त्रउिनुका साथै चौतर्फी बि’रोध भएपछि सरकारले आफ्नो निर्णय सच्चयाउदै पुनःभारतीय पुजारी नै नियुक्ती गरेको थियो र सोही निर्णय आज सम्म पनि कार्यानवयनमा चली आएको छ।

मुख्य पुजारीको तलब कती ? मन्दिमा पुजा गर्ने मुख्य पुजारीहरूको तलब कती भन्दा हामी यस्तै १० या २० हजार भनेर सजिलै अनुमान लगाउन सक्छौ तर पशुपतिनाथ मन्दिरमा रहेका मूख्य पुजारीको मासिक तलब मात्रै २ लाख ३५ हजार रहेको छ ।

यति मात्रै नभएर मुख्य पुजारीको खाना देखी सुjरक्षा सम्म राज्यले सबै बन्दोबस्त गरि राखेको पाइन्छ। यहाँ सम्मकी मुख्य पुजारी संगंसंगै रहेका तिन सहायक पुजारीहरूको मासिक पारिश्रामिक पनि ६० हजार माथी तोकीएको छ ।

११ सय देखी २५ लाख सम्मको पुजा : कुनै धार्मिक कार्यका लागि आवश्यक पुजा गर्न पशुपतिमा आउने भक्तजनहरूकालागि बिशेष दररेट सावर्जनिक गरिएको हुन्छ उक्त रेटमा भक्तजनहरूले आफ्नो हैसियत अनुसारको पुजा गराउने गरेको पाइएको छ ।

पशुपतीनाथ मन्दिरमा अहिलेपनी इच्छा अनुसारको पुजा गराउने गरेका छन त्यहा सबै भन्दा कम दर रेट ११ सय र बढीमा २५ लाख सम्मको पुजा हुने गर्दछ । त्यसरी जम्मा भएको रकम पूजारीहरूले केही प्रतिशत कमिसन लिने गरेका छन ।

दुई प्रकारले हुन्छ पुजा : पशुपतीनाथ मन्दिमा अहिलेपनि दुई तरिकाबाट पुजा हुने गरेको छ । एक बैदिक पदती र अर्को तान्त्रिक पदती दुवै पदतीको पुजा गरेपनि त्यसको कुनै तस्विर एवम भिडियो निकाल्न प्रति’वन्ध लगाइएको छ । त्यसका लागि मन्दिरको पुजा स्थलमा कुनै क्यामेरा या मोवाइल छिराउन शुरक्षाकर्मीहरूले रो’क लगाएका छन ।

पुजामा प्रयोग हुने चन्दन पनि भारतबाटै आउँछ : दैनिक हजारौको संख्यामा आउने भक्तजनहरूले गर्ने पुजा आजामा प्रयोग हुने चन्दन भारतबाटै आयात हुने गरेको छ । उक्त चन्दन भारतको महाराष्ट्रबाट आयात हुने काठबाट उत्पादन हुँदै आएको छ । सा’भा’र – नया’पुस्ता डट’कम ।

४६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया