आइतबार १७ मंसिर २०८०

काठमाडौँ / ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको ८२ वर्षको उमेरमा नि’ध’न भएको छ । क्या’न्सरबाट पी’डित पेलेको बिहीबार अस्पतालमा नि’ध’न भएको हो ।

अल्बर्ट आइन्स्टाइन अस्पतालले उनको सबै अंगले काम गर्न नसकेको जनाएको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन् । उनले ब्राजिललाई तीनपटक विश्वकप जिताएका थिए ।

चारपटक विश्वकप खेलेका उनले ६ दशकभन्दा बढी फुटबल खेलाडीको रुपमा बिताए । उनले आफ्नो २१ वर्ष लामो खेल जीवनमा विश्व कीर्तिमान १ हजार २ सय ८१ गोल गरे । ब्राजिलका लागि ९२ खेल खेल्दै उनले ७७ गोल गरेका छन् ।

उनी तीनपल्ट विश्वकप जित्ने एक्लो खेलाडी हुन् । पेलेले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेका थिए । सन् २००० मा फिफाले उनलाई दशकको खेलाडी घो’षणा गरेको थियो ।

पेले पछिल्लो समय कि’ड्नी र प्रो’स्टेटको सम’स्याबाट गुज्रि’रहेका थिए । सन् २०२१ को सेप्टेम्बरमा शल्य’क्रियाबाट क्या’न्सरको ट्यु’मर हटाइएको थियो । सन् २०२२ को नोभेम्बरयता उनलाई अस्पतालमा भ’र्ना गरिएको थियो ।

उनकी छोरी केलीले आफ्ना बुबाको स्वास्थ स्थितिबारे सामाजिक सञ्जालबाट जानकारी दिइरहेकी थिइन् । उनी आफूलाई फुटबलकै लागि जन्मिएको बताउने गर्थे । उनको नि’ध’नमा संसारभरका फुटबलप्रेमीहरुले शो’क व्यक्त गरेका छन् ।

१५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया