शनिबार २३ मंसिर २०८०

काठमाडौं / चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले महिला चलचित्रकर्मीहरूमाथि हुनसक्ने लै’ङ्गिक हिं’सा र शो’षण र वि’भेद वि’रुद्ध काम गर्ने समितिमा अभिनेत्री पूजा शर्मालाई नियुक्त गरेका छन् ।

अभिनेत्री पूजा शर्मा फिल्म निर्माणको तयारीसँगै व्यवसायमा व्यस्त छिन् । अनमोल केसीलाई लिएर अब नयाँ फिल्म बनाउने उनको तयारी रहेको छ ।

यसबाहेक ललितपुर झम्सिखेलमा उनले नयाँ व्यवसाय थालेकी छन् । यतिबेला भने पूजालाई लिएर नयाँ खबर छ । उनी चलचित्र विकास बोर्डअन्तर्गतको महिला चलचित्र सशक्तीकरण समिति सदस्यमा नियुक्त भएकी छन् ।

हालैको बोर्ड बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो । महिला चलचित्रकर्मीको हकाधिकार, सहभागिता, दक्षता अभिवृद्धि,लैं’गिक शो”षण एवं वि’भेद’विरुद्ध जनचेतना बढाउने कार्यका लागि महिला चलचित्रकर्मी सशक्तीकरण कार्यविधि २०७६ अनुसार गठित समितिमा उनलाई सदस्य बनाइएको हो ।

यो पनि :- २००० नाघ्याे सेयर बजार : सेयर बजार २००० विन्दु नाघेकाे छ । साताकाे अन्तिम काराेबार दिन बिहीबार नेप्से परिसूचकसँगै काराेबार रकममा पनि उछाल देखिएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से परिसूचक ५६.८८ अंकले बढेर २०२९.०३ विन्दुमा पुगेकाे छ । नेप्से २.८८ प्रतिशतले बढेकाे हाे । यस्तै, सेन्सेटिभ परिसूचक पनि ९.९८ अंकले बढेर ३९१.३१ विन्दुमा पुगेकाे छ ।

कूल २५७ वटा कम्पनीकाे ८० लाख २४ हजार ५ सय ५९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ८६ करोड ३ लाख ४५ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै फाइनान्स समूह बढेकाे छ ।

बिहीबार हिमालयन डिष्टीलरीकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १२ कराेड १४ लाख ७१ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज पनि आधा दर्जन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । हिमालयन उर्जा, सानिमा लाइफ, सृजनशिल लघुवित्त,धाैलागिरी लघुवित्त, अजाेड इन्स्याेरेन्स लगायतको मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यस दिन नेपाल बैंक डिबेञ्चर २०८७ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य ३.९५ प्रतिशतले घटेर ८ सय ११ रूपैयाँ ८० पैसामा झ’रेकाे छ ।

१३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया