आइतबार २२ माघ २०७९

काठमाडौँ / कवाडीमा बेच्न राखिएको थोत्रो कु’च्चिएको चम्चाले एक व्यक्तिको भाग्य प’ल्टिएको छ । यी व्यक्तिले लण्डनमा केवल २० पेन्स (३० रुपैयाँ) मा एउटा थोत्रो कुच्चिएको चम्चा किनेका थिए ।

यी व्यक्तिलाई त्यो चम्चा दुर्लभ मध्यकालीन चम्चा हुन सक्ने महशुस भइरहेको थियो । यो चम्चाले आफ्नो भाग्य बदल्न सक्ने महशुस भएरै उनले त्यो चम्चा किनेका थिए ।

मेट्रोको रिपोर्टअनुसार चम्चा किनिसकेपछि यसको जाँच गराउँदा त्यो चम्चा १३ शताब्दीको अन्त्यतिर बनाइएको चाँदीको चम्चा भएको खुलासा भयो । उनलाई यो चम्चा दुर्लभ भएको थाहा भएसँगै उनले समरसेटका लरेन्स लिलामीकर्तासँग सम्पर्क गरे र लिलामीको लागि त्यो चम्चालाई दर्ता गराए ।

चम्चालाई अनलाई लिलामीको लागि द’र्ता गराइएपछि त्यसलाई किन्न चाहनेहरुको बोल’कबोल बढ्दै गयो । केही समयसम्म बोल’कबोल जारी रहेपछि अन्ततः त्यो चम्चा २ हजार ३७५ पाउण्डमा बिक्री भयो ।

यो चम्चा बिक्री भएपछि बिक्री गर्ने व्यक्तिले सामाजिक संजालमा आफूले आफ्नी छोरीको साथमा अनलाइनमा लिलामी हेरिरहेको र आफूलाई विश्वास नभएको लेखेका छन् । लिलामीकर्ताका अनुसार यी व्यक्ति अब पूर्वी इङल्याण्डमा विदा मनाउन यो पैसा खर्च गर्ने तयारीमा छन् ।

८० पटक हेरिएको

तपाईको प्रतिक्रिया