शनिबार १४ माघ २०७९

काठमाडौं / सरकारले पुस १५ गते शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले गुरुङ समुदायको महान चाड तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

‘पौष १५ गतेका दिन तमु ल्होसार परेको हुनाले सो को अवसरमा देश भरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्थित कुटनैतिक नियोगहरुमा समेत सार्वजनिक विदा दिने नेपाल सरकार मन्त्री परिषदवाट निर्णय गरेको’ गुह मन्त्रालयद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

योसँगै पुस १५ गते शुक्रबार तमु ल्होसारको अवसरमा र पुस १६ गते शनिबार भएकाले दुई दिन सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा बैंकहरु पूर्ण रुपले बन्द हुने भएको छन् ।

प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ।

सन्दीप लामिछानेको मु’द्दा ‘हेर्न नभ्याइने’

सन्दीप लामिछानेले आफूलाई थुनामा पठाउने आदेश’वि’रुद्ध उच्च अदा’लत पाटनमा दिएको पुनरावेदनको बिहीबारको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ । जिल्ला अदा’लत काठमाडौंको पुर्प’क्षका लागि थु’नामा पठाउन आदेश’वि’रुद्द लामिछानेले दिएको पुनरावेदनमाथि बिहीबार सुनुवाइका लागि पेसी तोकिएको थियो ।

उच्च अदा’लत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो । तर, हेर्न नभ्याइनेमा परेको छ । नाबालिका ब’ला’त्कारको अभि’योगमा लामिछानेलाई पुर्प’क्षका लागि थु’नामा पठाउने आ’देश दिएको थियो ।

तर, आफ्नो वि’रुद्ध अदा’लतले सुनाएको उक्त आदेश बेरितको रहेको भन्ने जि’कीर गर्दै लामिछानेले सो आदेश ब’दरको मा’ग राखेर उच्च अदा’लत पाटनमा पुनरावेदन दिएका थिए ।

४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया