शनिबार २३ मंसिर २०८०

आज वि.स. २०७९ पौष १४ गते बिहीवारको राशिफल, पौष शुक्ल (पोहेलाथ्व) सप्तमी, पूर्वाभाद्रा नक्षत्र, कुम्भ राशिको चन्द्रमा, व्यतिपात योग, गर र वणिज करण, नल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु आनन्दादि योग : मुद्गर, चन्द्रवर्ण : कालो (दिउँसो १२:१० बजेसम्म), त्यसपछि पहेंलो, चन्द्रदिशा : पश्चिम (दिउँसो १२:१० बजेसम्म), त्यसपछि उत्तर, योगिनीदिशा : वायव्य ।

वारशूल : दक्षिण, धनिष्ठा पञ्चक/सरुन परेको दिन, वाणपञ्चकमध्ये नृप (राज) वा’ण : दिउँसो ११:५५ बजेसम्म । नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा का’लको दिशा : दक्षिण र पाशको दिशा : उत्तर, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०६:५५ बजे र सूर्यास्त : साँझ ०५:१६ बजे, चन्द्रोदय : दिउँसो ११:११ बजे र चन्द्रास्त : बेलुका १०:३४ बजे ।

आजको अभिजित मुहूर्त :– दिउँसो ११:४५ बजेदेखि १२:२६ बजेसम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा सुरुमा दक्षिण र पश्चिम दिशाको तथा दिउँसो १२:१० बजेपछि पश्चिम र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा आग्नेय (दक्षिणपूर्व) र नैऋत्य (दक्षिणपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा दही खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । (ज्याे. प. तुलसी भारद्वाज)

मेष –
आम्दानी बि’गार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ । सोचेभन्दा कमै फाइदा मिल्नेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । ईर्ष्या गर्नेहरूले भने दुः’ख दिन सक्छन् ।

वृष –
आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । सरसापटमा धन खर्च हुने समय छ । भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै हुनेछ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ ।

मिथुन –
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । आफ्नो प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ ।

कर्कट –
ब्यवसायमा प्रशस्तै लाभ हुनेछ । भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थिति अनुसार चल्न नसक्ता दुःख पाइनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । सहयोगीहरूले फाइदा दिलाउनेछन् ।

सिंह –
अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । ह’ठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । कसैसंग सामान्य मनमुटाव पनि पर्न सक्छ । केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बो’झ थपिन सक्छ ।

कन्या –
आफ्नै कमजोरीले वि’वादमा परिने योग छ, सचेत रहनुहोला । प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मान सम्मान पनि पाइनेछ ।

तुला –
गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । कामबाट फुर्स्दिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला ।

वृश्चिक –
आश्वासन दिएर झुक्या’उनेहरूले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बि’ग्रन सक्छ । व्यापार व्यवसायमा लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ । मान र विद्या प्राप्त हुने समय छ । विशेष उपहार प्राप्त हुनुका साथै प्रशस्त धन लाभ हुनेछ ।

धनु –
स्वास्थ्य कमजोर रहनाले जोस जाँगरमा कमी आउनेछ । पठन पाठनमा समय दिन नसकिएला । न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । स्वास्थ्यमा कमजोरी एवम् काममा अवरोध आउनाले मन खि’न्न रहनेछ । नचिताएको ठाँउमा धन ना’श हुने दिन छ ।

मकर–
कामले अरूलाई प्रभा’वित पारेर फाइदा लिन सकिनेछ । कीर्तिमानी काम सम्पादन होला । काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । श’त्रुहरूको चलखेल बढ्नाले चुनौती समेत सामना गर्नुपर्ला । नयाँ काममा हात हाल्ने समय आएको छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ ।

कुम्भ–
आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ ।

मीन –
आफन्तबाट टाढिनु पर्ने समय छ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिनेछ । पढाइ लेखाइमा सामान्य प्रगति हुनेछ । सेवामूलक कामबाट धन लाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ ।

१०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया