
काठमाडौं / नेपाली कांग्रेसका सांसद टेक बहादुर गुरुङले प्रतिनिधिसभा बैठकमा उपस्थित हुन नपाउने र सांसद पद स्वतः निलम्बनमा परेको छ ।
गुरुङमाथिको मु’द्धा विशेष अदा’लतमा विचाराधिन रहेकाले भ्र’ष्टाचार निवारण ऐ’न, २०५९ को दफा ३३ बमोजिम स्वतः नि’लम्बन हुने भएकाले प्रतिनिधिसभा बैठकमा उपस्थित हुन नपाउने भएका हुन् ।
मंगलबार संसदका महासचिव डा. भरतराज गौतमद्वारा जारी सूचनामा गुरुङविरुद्ध भ्र’ष्ट्राचार मु’द्दा विचाराधीन रहेकाले स्वतः निलम्बनमा रहेको जानकारी दिइएको छ ।
भ्र’ष्टाचार मु’द्धा खे’पिरहे पनि गुरुङले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको सपथ भने लिइसकेका छन् । नेपाली कांग्रेसको तर्फबाट मनाङबाट निर्वाचित भएका गुरुङविरुद्ध श्रम तथा रोजगार राज्यमन्त्री हुँदा काठमाडौंको फनपार्कको जग्गा भाडामा लगाएको विषयमा भ्र’ष्टाचार गरेको आ’रोप छ ।
पुस २५ गतेका लागि बोलाइयो संघीय संसद्को अधिवेशन :
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।
संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि संसद् भवनमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
मंसिर ४ गते निर्वाचन सम्पन्न भएपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक पहिलो पटक बस्दैछ । प्रतिनिधिसभामा १२ राजनीतिक दल र ४ स्वतन्त्र सांसदको प्रतिनिधित्व रहेको छ ।