आइतबार ०७ आश्विन २०८०

मुम्बई/ अभिनेत्री उर्वशी रौटेला केही दिन अगाडि मुम्बई एयरपोर्टमा देखा परेकी छिन्। उर्वशी अहिले नीरज पाठक निर्देशित आगामी वेब सिरिज ‘इन्स्पेक्टर अविनाश’को सुटिङको लागि मुम्बई पुगेकी हुन्।

उनी सिरिजमा रणदीप हुड्डाको अपोजिट रोलमा देखा पर्दैछिन्। यस वेब सिरिजबाहेक उर्वशी इजिप्टियन सुपरस्टार मोहम्मद रमजानसँग द्विभाषी फिल्म ‘ब्ल्याक रोज’मा काम गरिरहेकी छिन्। उनी अमिल फिल्म ‘थिरुट्टु पाले २’ को हिन्दी रिमेकमा पनि देखिन्छिन्।

तर, अहिले उनको चर्चा यसमा छैन, चर्चा छ उनले बोकेको ‘ब्ल्याक वाटर’को।भारतीय सञ्चारमाध्यमका अनुसार यस पानीको मूल्य प्रति लिटर ३ हजारदेखि ४ हजार भारु पर्छ। उर्वशीको हातमा देखिएको बोतलमा ‘एल्कलाइन’ मिसाइएको पानी हो। यसले ‘डिहाइड्रेसन’ हुनबाट जाेगाउँछ अर्थात जलवियोजन हुन दिँदैन।

भनिन्छ कि उर्वशीले यो ‘ब्ल्याक वाटर’ पिउँछिन्, आफूलाई फिट राख्न। यता केही सयम अगाडि भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले पनि यो पानी पिउँने गरेको समाचार प्रकाशित भएको थियो। कोरोनाको समय विराट र अन्य सेलिब्रेटीले ‘इम्युनिटी पावर’ बढाउन यो पानी पिएका थिए।

७६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया