आइतबार १५ माघ २०७९

पारिजात एक राजपुत्री थिइन् । तिनको अगाध प्रेम सूर्यसँग कायम हुन्छ । पछि गएर सूर्यले तिनलाई तिरस्कार गर्छन् । प्रे’म’पीडामा पारिजातले आ’त्म’ह’त्या गर्छिन् । दा’ह’संस्कार हुन्छ ।

त्यहाँको खरानीबाट एउटा वनस्पति पैदा हुन्छ । त्यही हो, पारिजात । पारिजातको फूल महिलाको नाकको फुलीझैँ फक्रिएको हुन्छ र चाँदी जस्तै सेतो हुन्छ । फुलीको नली भने सुन्तले रंगमा अलि पहेँलो पहेँलो हुन्छ।

यस फूलप्रति इन्द्र, कुवेर, कृष्ण र सत्यभामा समेत मोहित भएका शास्त्रोक्तिहरू भेटिन्छन् । रातको सन्नाटामा बोटै भरी फूल फुल्दछन्, तर सूर्योदय हुनुअगावै सबै झरी पनि हाल्छन् ।

शायद सूर्यलाई ति’रस्कार गर्छन् यी फूलहरू । अनेक देवदेवीको प्रिय यो फूल बटुल्न साँझैदेखि पारिजातको बोटमुनितिर चोखो कपडा वा नाङ्लो ओछ्याउने प्रचलन छ । बोटबाट फूल टिप्न हुन्न, पा’प लाग्छ भन्ने जनविश्वास निकै प्रबल छ ।

यस वनस्पतिको प्रजातीय नाम आर्वोटि्रस्टिसले पनि दुः’खि’त वृक्ष भन्ने नै अर्थ जनाउँछ । पारिजातको पूरा नाम ग्रीक भाषामा Nyctanthes Arbor-Tristis को अर्थ लगाउन थाल्यौँ भने ‘रातमा फुल्ने दुःखित वृक्ष’ भन्ने कुरा खुल्न आउँछ । यसको सुगन्ध र रातको महकलाई लिएर कतैकतै यस फूललाई रातकी रानी पनि भन्ने चलन छ।

आ’ऊँ, महि’ना’बारीका बखत धेरै र’ग’त बग्ने, घा’उ, दीर्घ खालको ज्वरो, दम, कफ, क’ब्जियत, जोर्नी र मांशपेसी दुखेको, कपाल फुल्ने र झ’र्नेमा पातको रस खाइन्छ, दलिन्छ । पातलाई पानीमा हाली मधुरो आ’गोमा पकाई साइटिकामा दलिन्छ ,खाइन्छ ।

पात र फूललाई तातो पानीमा हाली सु’त्केरी महिलालाई ख्वाउँदा छिटो सा’ल–ना’ल झर्छ । अनुहारलाई चम्किलो बनाउन यसको फूलको लेदो दलिन्छ । तालु खु’इलिंदा र स्कर्भीमा बीउको धूलो दलिन्छ / खाइन्छ ।

यसैगरी घरघरमा पारिजातको विरुवा रोपेको देखिन्छ तर यसको औषधीय गुण सबैलाई थाहा नहुन सक्छ स्वर्गमा राजा इन्द्रले पृथ्वीमा उपहारको रुपमा पठाएको यो विरुवा राति नै फुलेर राति नै झर्ने गर्दछ ।

यसमा निक्टेथिक अम्ल, ग्लाइको साइड, पामिटिक अम्ल, स्टीयरीक अम्ल, एस्ट्रोगेलिन, निक्टो फ्लोरीन, एस्कोर्विक अम्ल, केरोटिन,टेनिन आदि धरै तत्वहरु पाइन्छन् ।

उपयोग कृमिहन (पेटको किरा मा’र्ने) र’क्तशोधक, मुक्तलक, यकृतविकार, श्वासप्रश्वास, कष्टार्तक, पित्तसारक, आमवातमा लाभकारी हुन्छ । हरीयो पत्ताको पकाएको रसलाई पिएमा लाभकारी हुन्छ ।

डाइविटिज नियन्त्रण, र’क्त’चाप घट्नुको साथै जोर्नी दुख्ने समस्या हराउँदछ । मृगौलालाई स्वस्थ राखी मजबुत बनाउदँछ । पेटको किरा म’र्दछ । ज्वरो नियन्त्रण गर्दछ । एन्टिहिस्टामाइन तत्व पाइने हुनाले नियमित सात दिनसम्म पिउनाले एलर्जी हराउँदछ । साइटिका रोगको लागि त यो रामवाण औषधी मानिन्छ ।

एन्टी अक्सिडेन्ट तत्व पाइने हुनाले ए’ड्सका जिवाणुलाई बढ्न दिँदैन । यसको फुल ८ १० वटा पानिमा पकाएर सात दिनसम्म पिएमा जण्डीस जरैदेखि स’मा’प्त हुन्छ । यसको पात, बोक्रा, बिउ र फुल सबै ओषधीको रुपमा प्रयोग गर्न सकिन्छ ।

१६० पटक हेरिएको

तपाईको प्रतिक्रिया