आइतबार १५ माघ २०७९

काठमाडौं / नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने निर्मला पन्त ह’त्या’काण्डको अनुसन्धान प्रभावकारी रुपमा अघि बढाएर दो’षीलाई कारबाही गर्न पहल लिने निर्णय गर्नुभएको छ ।

सोमबार शपथग्रहण पछि गृहमन्त्रीको आफ्नो पदभार ग्रहण गर्ने क्रममा मन्त्रालयका पदाधिकारी एवम् सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री लामिछानेले सो कुराको जानकारी दिनुभएको हो ।

वि.सं. २०७५ साउन ११ गते ह’त्या गरिएका पन्तको अनुसन्धान प्रभावकारी हुन नसकेको सन्दर्भमा छा’न’बिन गरी पी’डितलाई न्या’य दिन प्रहरी प्रधान कार्यालयलाई निर्दे’शन दिनुभएको हो ।

पदभार ग्रहणपछि पहिलो निर्णय सुनाउँदै उहाँले भन्नुभयो, ह’त्या गरिएका निर्मला पन्तको अनुसन्धान प्रभाव’कारी हुन नसकेको सन्दर्भमा छानबिन गरी पी’डितलाई न्या’य दिन प्रहरी प्रधान कार्यालयलाई निर्देशन निर्णयार्थ प्रस्तुत गरिएको छ ।”

जनताले ठूलो अपेक्षासहित आफूलाई यस स्थानमा पु¥याएको भन्नुहुँदै उहाँले मन्त्रालयमा सबैसँग मित्रवत् सम्बन्ध राखेर सहकार्य गरिने बताउनुभयो । नागरिक एकचोटि प्रहरीसमक्ष पुगेपछि मसँग प्रहरी छ भन्ने अनुभूति दिलाउने गरी काम गर्नुपर्ने ठूलो चु’नौती रहेको उहाँले भन्नुभयो ।

रवि लामिछानेलाई बधाइ दिँदै हर्क साम्पाङले भने-‘गु’ण्डाको राज खत्तम बनाउनु पर्छ अब’
स्वतन्त्र रुपमा निर्वाचित भएसँगै चर्चामा आएका धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले गृहमन्त्रीमा नवनियुक्त भएका रवि लामिछानेलाई बधाइ दिँदै अब देशमा गु’ण्डाको राज ख’त्तम बनाउनुपर्ने बताएका छन् ।

सोमबार उपप्रधानसहित गृहमन्त्रीमा नियुक्त भएका लामिछानेलाई बधाइ दिँदै देशमा गु’ण्डाको राजको अन्त्य गर्न मेयर साम्पाङले लामिछानेलाई भनेका हुन् । मेयर साम्पाङले लेखेका छन्, ‘हार्दिक बधाइ दिन चाहन्छु माननीय गृह मन्त्री ज्युलाई ! गु’ण्डाको राज खत्तम बनाउनु पर्छ अब !’

४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया