आइतबार २२ माघ २०७९

आज श्री शाके १९४४ बि.स.२०७९ पौष १२ गते मंगलबार इश्वी सन २०२२ डिसेम्वर २७ तारीख पौष शुक्ल पक्ष चतुर्थी तिथी पश्चात पञ्चमी तिथी धनिष्ठा नक्षत्र वज्र योग भद्रा करण चन्द्रमा मकर राशिमा पश्चात कुम्भ राशिमा आनन्दादि योगमा उत्पात योग नल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु मंगलचौथीव्रत (ज्यो.प. तुलसी भारद्वाज निरौला)

मेष–
सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पढाइमा सुधार आउला । अप्ठ्या’रो परिस्थितिमा पनि केही काम बन्नेछन् । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । अन्नको काममा लाभ हुने दिन छ ।

वृष–
यात्रामा सोचे जस्तो रमाइलो नहुन सक्छ । खानपानमा नियन्त्रण गर्नुहोला । आर्थिक पक्ष सबल छ । आश मा’रेको फल पुनः प्राप्त हुन सक्छ । गो’प्य रहस्य पत्ता लगाउन सकिने समय छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झ’नुपर्ला । नसोचेको ठाँउबाट धन लाभ भइ मन हर्षित हुने छ ।

मिथुन–
मनोरञ्जन पूर्ण समय रहेको छ । कामधन्दा र व्यवसायको चा’पले गर्दा प्रेमिकासँग र दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ । केही चुनौतीको पनि सामना गर्नुपर्ला । व्यापार व्यवसायमा लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा पनि हुनेछ ।

कर्कट–
नचिताएको स्थानबाट धनागमनको संकेत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ । सोख पूर्तिका लागि खर्च बढ्ला । दाम्पत्य सम्बन्धमा रमाउने समय छ । प्रेमको बन्धन कसिने बेला छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यर्थको खर्चले मन पिरोल्ला ।

सिंह–
पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रिय जनसँगको भेटले मन प्रफुल्ल रहला । साथी घर परिवारबाट सुख शान्ती पाइने छ ।

कन्या–
चुनौतीका बा’बजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने सम्भावना छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । श’त्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा पनि विजयी भइनेछ ।

तुला–
सहयोगीहरूले साथ दिनेछन् र काममा सोचे जस्तै सफलता मिल्नेछ । कृषि कर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ ।

वृश्चिक–
सवारी साधन हाँक्दा अपनाएको सचेतका कारण चोट पटकबाट जोगिनु हुनेछ । बौद्धिक क्षेत्रको काममा लामो यात्राको सम्भावना छ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ । पठन पाठनमा राम्रै प्रगति हुनेछ । व्यापार लगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । वादवि’वादको सामना गर्नु पर्नेछ ।

धनु–
अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । श’त्रुहरूको चलखेल बढेपनि तिनले तपाईंलाई हा’नि पुर्याउन सक्ने छैनन् । पहिलेको सम्झौताले अप्ठ्यारो पार्न सक्छ । अरूको व्यवहारले शं’का उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ ।

मकर–
बन्द व्यापारबाट फाइदा हुनेछ । आर्थिक पक्ष सबल नै छ, यद्यपि समय बलियो छैन । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु होला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । कमजोर मानसिकताले पछि परिनेछ भने हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ । कामबाट सजिलै फुर्सद पाइनेछ ।

कुम्भ–
चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । पुरानो गतिले काम बि’ग्रन सक्छ । बे’सुरमा बचन दिने बानीले दुः’ख पाइनेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ ।

मीन–
परिवारमा पाहुनाको चा’प बढ्न सक्छ र तिनको आवागमनमा महत्वपूर्ण समयको नाश हुने सम्भावना छ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । स्वास्थ्यको विशेष ख्याल गर्नु होला ।

९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया