आइतबार १७ मंसिर २०८०

काठमाडौं/ उद्योगी व्यवसायीले सरकारको प्रभावकारी नीतिका कारण उद्योग वाणिज्य क्षेत्रमा सकारात्मक संकेत देखिएको भन्दै अझै व्यवसायीमैत्री नीति तथा कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्योगी व्यवसायीसँग गरेको छलफलमा सहभागी उद्योगी व्यवसायीहरुले सरकारको कामको खुलेर प्रशंसा गर्दै थप राम्रा नीति तथा कार्यक्रमको अपेक्षा गरेको बताएका हुन्।

छलफलमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारको प्रभावकारी कदमका कारण कोरोना कहरबीच पनि नेपालको अर्थतन्त्र चाँडै तंग्रिएको बताए । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा लगानीका लागि रकमको माग बढ्नुले अर्थतन्त्र सुधारको संकेत दिएको भन्दै अध्यक्ष गोल्छाले राष्ट्र बैंकले ल्याएको पुनर्कर्जा कार्यविधिले नेपालका लघु, साना तथा मझौलालाई निकै राहत मिलेको बताए ।

सरकारले छिटै कोभिडविरुद्ध खोप ल्याएकोप्रति आभार व्यक्त गर्दै अध्यक्ष गोल्छाले त्यसले व्यवसायी पनि उत्साहित भएको जानकारी दिए । ‘नेपालमा लगानी र व्यापारिक वातावरण बन्दै गएको छ । बैंकको तरलता घट्दै गएको छ । देश क्रमशः औद्योगिक बन्दैछ । यो सरकारको प्रभावकारी नीति र कामकै कारण भएको हो,’ गोल्छाले भने । उनले अझै कोरोनाका कारणले ४० प्रतिशत औद्योगिक क्षेत्र समस्यामा नै रहेको बताए । उहााले पर्यटन क्षेत्र पनि समस्यामा रहेकाले त्यसलाई राहत हुने गरी थप कार्यक्रम ल्याउन सुझाए ।

यसै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई सय ३५ जना उद्योगी व्यवसायीलाई नेकपा एमालेमा प्रवेश गराएका छन् । एमाले प्रवेश गर्नेहरुमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका प्रत्याशी किशोरप्रधान, ललित अग्रवाल, सीताराम अग्रवाल, हितेष गोल्छालगायत छन् ।

आज प्रधानमन्त्रीको सरकारी निवासमा आयोजित कार्यक्रमबीच पार्टी प्रवेश भएको हो । पार्टी प्रवेशमा मुख्य भूमिका पूर्वमन्त्री मोती दुगडले गरेका थिए । उनी प्रधानमन्त्री ओलीका आर्थिक मामला सल्लाहकार पनि हुन् ।

एमाले प्रवेश गर्नेहरुमा अधिकांश मारवाडी समुदायका छन् । एमाले प्रवेश गरेका उद्योगी व्यवसायीहरु

किशोर प्रधान
ललित अग्रवाल
सीताराम अग्रवाल
हितेष गोल्छा
पुनम ब्यास
कृष्ण प्रसाईं
मदन मित्तल
अजय सरावगी
ओमप्रकाश वंशल
नरेन्द्र गुप्ता
जुगोलकिशोर धनावत
नरपतसिंह जैन
अनिलकुमार वंशल
जीवन दारुका
पिताम्बर हरलालका
विजयकुमार लोहिया
सुरेश महेश्वरी
प्रेम पाण्डे
अमिर बिंडारी
दिलिप जैन
नरेशकुमार सरिया
सन्तोष खेतान
आशितोष पटवारी
दिलिप जैन
राकेशकुमार जालान
सुवास गोयल
अजय जलान
विनोद सत्तानी
पियुष मित्तल
शिवकुमार शर्मा
रमेश पंसारी
दधिराम सापकोटा
पाइला समूहका विशाल बाग्ले, विनय राउत, भरतमणि सिलवाल, दर्शन न्यौपाने, सरोज भण्डारी, रुपेश मिश्र, आयुषलगायत

१३१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया