आइतबार १७ मंसिर २०८०

काठमाडौं / काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ सत्ता गठबन्धनप्रति टि’प्पणी गरेका छन् ।

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएपछि बालेनले ‘राजा फर्काउँछु भन्ने, राजा नचाहिने र राजालाई मा’र्छु भन्ने तीनवटै दल सरकारमा समावेश भएको’ भन्दै टि’प्पणी गरेका हुन्। यस्तै गठबन्धनले जनतालाई सधैं सा’स्ती हुने गरेको पनि उनले लेखेका छन्।

‘राजा फर्काउँछु भन्ने, राजा चाहिन्न भन्ने, र राजा मा’र्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधैं सास्तीमा,’ उनले आइतबार सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।

राजा फर्काउछु भन्ने,
राजा चाहिन्न भन्ने,
र ,
राजा मार्छु भन्ने तीनटै सरकारमा ।

हामी प्रजा सधै सा’स्तीमा ।

नयाँ गठबन्धन सरकारमा माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित जनता समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीको सहभागिता छ ।

आइतबार साँझ नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले सोमबार अपराह्न ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन् ।

यो पनि :- विश्वप्रकाश शर्मा भन्छन्- ‘कांग्रेस एम्बाप्पे भयो, कप अर्कैले लग्यो’
काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई अहिलेको राजनीतिक घटनाक्रममा फ्रान्सेली स्टाइकर एम्बाप्पेसँग जोडेका छन् ।

पोखरामा जारी नेपाल लिटरेचर फेस्टिवलमा उनले एम्बाप्पेले सबैभन्दा बढी गोल गरेपनि फुटवलको वर्ल्डकप अर्जेन्टिनाले लगेको भन्दै कांग्रेसले चुनावमा धेरै सीट जितेपनि प्रधानमन्त्री अर्कोले लगेको बताए ।

‘वर्ल्डकपमा सबैभन्दा बढी गोल एम्बाप्पेले हाने । मंसिर ४ को निर्वाचनमा कांग्रेसले सबैभन्दा धेरै सीट जित्यो,’ उनले भने, ‘तर एम्बाप्पेले सबैभन्दा धेरै गोल हाने, गोल्डेन बुट पनि जिते । कप चाहीँ अर्कैले लग्यो । त्यसकारण हामी चाहिँ एम्बाप्पे भएर आएको हो, कप अर्कैले लग्यो ।’

उनले ५ वर्षपछि भने कांग्रेस एक्लै च्याम्पियन बन्नेगरी तयारीमा लाग्ने बताए । ‘५ वर्षपछि हामी च्याम्पियन बन्छौं,’ अघि भन्छन्, ‘मैले भनेको छु देशबासीलाई, डण्ट वरी । जव भत्किन्छ तव निर्माण हुन्छ । जे भएको छ, ठिकै भएको छ ।’

शर्माले अहिलेको गठबन्धनबारे टि’प्पणी गर्दै यसको मिश्रण केही समयपछि थाहा हुने बताए । ‘अहिले भएको कुरालाई अहिले बुझिँदैन, पछि बुझिन्छ । जे मिश्रण भएर सरकार बनेको छ, यो सरकारलाई शुभकामना दिँदै गर्दा कांग्रेसले बडो गम्भि’रताका साथ अवको यात्रा गर्छ,’ उनले भने ।

७८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया