शुक्रबार २२ मंसिर २०८०

बुटवल / इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीलाई सुन कारोवारीसँग रकम असुलेको आरो’पमा प्रह’रीले नि’यन्त्रणमा लिएको छ ।

प्रहरी प्रधान कार्यालयको निर्दे’शनमा काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नि’यन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारीमा थिए । तर, निवासमै भएका बेला उनी प’क्राउ परे ।

सुन कारोबारसम्बन्धी मु’द्दामा रकम असुली गरेको विषयमा अनु’सन्धान गर्न भन्दै पुगेको प्रहरी टोलीले केसीको निवासमा खा’न’तलासी गर्दा ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत ब’रा’मद गरेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रवीन्द्र रेग्मीले डीएसपी केसी निय’न्त्रणमा परेकोबारे आधिकारिकता बुझ्ने क्रममा रहेको बताए । केसीमाथि गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन निय’न्त्रणमा लिएर आफैँले राखेको र व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आ’रोप लागेको छ ।

व्यापारीले २५ लाख रुपैयाँ बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीको छा’न’बिन टोलीले निय’न्त्रणमा लिएको स्रोतको दा’बी छ । तर केसीले भने आफूलाई ब’द’नाम गराउन खोजिएको दा’बी गरेका छन् ।

डिएसपी केसीले गत साउन १ गते तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतका बीचमा वि’वा’द हुँदा वडाध्यक्षलाई ला’त्तीले हा’ने’र पोखरीमा फ्याँ’कि’दिएका थिए ।

१३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया