शनिबार २३ मंसिर २०८०

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्ने भएका छन् । सत्ता गठबन्धनमा रविलाई गृहमन्त्री बनाउने सहमति जुटेको हो । बैठकपछि रविले गृहमन्त्रीमा आफ्नो दाबी रहेको बताएका थिए ।

‘रविले उपप्रधान तथा गृहमन्त्रीको रूपमा शपथ लिने तयारी भएको छ,’ रास्वपाका एक नेताले जानकारी दिए । यस्तै एमालेबाट विष्णु पौडेल अर्थ तथा उपप्रधान र माओवादीबाट नारायणकाजी श्रेष्ठ परराष्ट्र तथा उपप्रधानमन्त्री बन्ने पक्का भइसकेको छ ।

यसैगरी एमालेबाट राजेन्द्र राई, दामोदर भण्डारी र ज्वालाकुमारी साह तथा जनमत पार्टीबाट अब्दुल खान मन्त्री बन्ने भएका छन् । खानको भागमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पर्ने पक्का भए पनि अन्यको मन्त्रालय खुलेको छैन ।

‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनमा खुसियाली :
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनवासी हर्षित भएका छन् । जिल्लाको विकास निर्माण नयाँ गतिमा अघि बढ्ने अपेक्षासहित जिल्लावासी हर्षित भएका हुन् ।

गृहजिल्ला चितवन भएका दाहाललाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । अघिल्लो कार्यकालमा चितवनबाट निर्वाचन जित्नु भएका उहाँले जिल्लामा ठूला विकास निर्माणका योजना सुरुवात गर्नुभएको थियो । ती योजनाले अब पूर्णता पाउने र नयाँ योजना थपिनेमा जिल्लावासी आशावादी छन् ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रधानमन्त्री नहुँदा पनि ‘प्रचण्ड’को क्षेत्र र महानगर पूरै भागमा गएको पाँच वर्षमा रु ४० अर्बभन्दा बढीका योजना परेका थिए । ती सबै योजनामा मुख्य भूमिका प्रधामन्त्री दाहालकै थियो । चितवन क्षेत्र नं ३ मा भरतपुर महानगरपालिकाको आधाभन्दा बढी भाग र माडी नगरपालिका पूरै पर्दछ ।

आफूले निर्वाचन जितेको क्षेत्रमा अरु धेरै विकासका काम गर्ने उहाँका कतिपय योजना अधुरै छन् । गोरखाबाट निर्वाचन जितेपनि प्रधामन्त्री दाहाल चितवनको अभिभावक भएकाले विगतमा झै जिल्लाको विकास निर्माणमा महत्वपूण भूमिका रहने नगरप्रमुख दाहालले बताउनुभयो ।

आफू गोरखाबाट निर्वाचित भइसकेपछि यहाँ आएको बेला प्रधानमन्त्री दाहालले आफ्नो निर्वाचन क्षेत्र गोरखा र गृह जिल्ला चितवन पनि भएको भन्दै यहाँको विकासमा चासो दिँदै आउनु भएको थियो ।

नगरप्रमुख दाहालले भन्नुभयो, “‘प्रचण्ड’ चितवनको अभिभावक हो, जनप्रतिनिधि हुँदा पनि नहुँदा पनि उत्तिकै दायित्व उहाँसँग छ । समग्र महानगरसँगै चितवनको विकासमा उहाँको भूमिका रहन्छ ।”

चितवन उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका कांग्रेस नेता राजन गौतमले उहाँ प्रधानमन्त्री हुँदा चितवनले विकासको अवसर पाउने बताउनुभयो । जिल्लाकै जनप्रतिनिधि बनाउनु पर्नेमा चितवन चु’के’को भन्दै उहाँले गोरखाबाट जितेपनि गृहजिल्ला चितवन भएकाले यहाँको विकासमा प्रधानमन्त्री दाहालको भूमिका रहने उल्लेख गर्नुभयो ।

जिल्लास्थित उद्योग सङ्घका पूर्वअध्यक्ष राजु पौडेलले प्रधानमन्त्री दाहाल यसअघि यहाँको जनप्रतिनिधि भएका बखत पनि २० वर्षमा हुने विकास पाँचैं वर्षमा भएकाले र आउँदो समयमा पनि जिल्लामा विकासको लहर आउने बताउनुभयो । चितवनको विकासलाई देशैभर नयाँ नमूनाका रुपमा प्रस्तुत गर्न सकिने उहाँको भनाइ थियो ।

नेकपा (एमाले) का नेता विजय सुवेदीले चितवनवासीका लागि यो समय महत्वपूर्ण अवसर भएको बताउनुभयो । यसअघि पनि प्रधानमन्त्री दाहालले ठूला योजना ल्याउनुभएको स्मरण गर्दै उहाँले त्यतिबेला गर्न नभ्याएका आयोजनाले अब पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो ।

नारायणी तटबन्धजस्ता ठूला आयोजनाहरु उहाँलेविशेष पहल गरेर जिल्लामा नल्याएको भएकहिल्यै आउने नै थिएन भन्दै नेता सुवेदीले जिल्लावासीले यो अवसरलाई सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

विकासका लागि पूँजी र साधनस्रोत आवश्यक पर्ने भएकाले त्यसलाई जोड्न उहाँ प्रधानमन्त्री भएपछि अझै सहज भएको बताउनुभयो । प्रधानमन्त्री दाहालको शिवनगरमा स्थायी घर रहेको छ ।

३५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया