आइतबार १५ माघ २०७९

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग तीन उपप्रधानमन्त्रीले शपथ लिने भएका छन् ।

नेकपा एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेले उपप्रधानमन्त्रीको शपथ लिने निश्चित भएको हो ।

एमालेका पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालय पाउने निश्चित छ । भने, रास्वपाका लामिछानेले गृह मन्त्रालयको दाबी गरिरहेका छन् ।

माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठको मन्त्रालय टुंगिएको छैन । अहिले मन्त्रालय भागबण्डाका लागि सातदलीय गठबन्धनमा छलफल जारी छ ।

एकीकृत समाजवादीले पनि प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने :

नेकपा एकीकृत समाजवादी पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई इस्युका आधारमा समर्थन गर्ने भएको छ।

पार्टीका उपाध्यक्ष प्रमेश हमालका अनुसार सरकारले ल्याउने एजेण्डाका आधारमा समर्थन गर्नेबारे निर्णय लिइनेछ।

आइतबार एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका ७ दल र तीन स्वतन्त्र सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका छन्।

प्रचण्डलाई प्रधानमन्त्री बनाउने विषयमा अहिलेसम्म एकीकृत समाजवादीले समर्थन गरेको छैन ।

हामी कसरी अघि जाने विषयमा पार्टीभित्र छलफल भइरहेको छ, अहिलेसम्म ‘वेट एण्ड सी’ मै छौँ,’ हमालले नेपाल खबरसँग भने, ‘सरकारलाई कसरी सहयोग गर्ने ?

यसबारे उसको फर्मेसन कसरी हुन्छ ? हाम्रो सहयोगको अपेक्षा के हो ? त्यही अनुसार भूमिका लिन्छौँ, अहिलेसम्म आलोचनात्मक समर्थन गर्ने भन्ने छ। तर, इस्युबेसमा हामी सहयोग गर्न सक्छौँ ।

८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया