आइतबार १७ मंसिर २०८०

काठमाडौं / आफ्नो काम विशेषले यात्राका क्रममा रहेकी प्रेक्ष्या न्यौपानेले अ’चा’नक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको पार्किङमा बेलुकाको ७ बजेतिर करिब ५ लाख रुपैयाँ बराबरको सुन सहितको ब्याग भेट्छिन् ।

एकातिर बेलुकाको समय अनि मास्कसहित आफ्नो अनुहार ढाकिएको अवस्थामा फेला पारेको बे’बा’रिसे झोला ग’ल’त नियत नराख्ने संकल्प गर्दै तत्कालै प्रहरीको सहयोगमा भित्र भएको डोकुमेन्टको आधारमा सुनसहितको झोला धनीलाई फिर्ता गरेर असल नागरिक र मानवतावादको उदाहरण दिएकी छन् ।

उनको यो उदाहरणीय कार्यको सर्वत्र चर्चा भएको छ । भएको सम्पत्ति नै लु’टे’र लान पछि नपर्ने अहिलेको दुनियाँमा आफैं भेटिएको धन समेत फिर्ता गरेर उनले देखाएको यो मानवीय व्यवहार अनि उच्च नैतिक चरित्रको सबैले खुलेर प्रशंसा गरेका छन् । उनको यो व्यवहारले धेरैलाई असल नियत र नैतिकताको पाठ पनि सिकाएको छ ।

यो अ’र्को समाचार :- स्याउ बगैँचा व्यवस्थापनको चटारो
मुस्ताङ / मुस्ताङका कृषकलाई हिजोआज स्याउ बगैँचा व्यवस्थापनको चटारो छ । मुस्ताङको प्रमुख निकासीयोग्य कृषिउपज स्याउ हो । दाना टिपेर पात झरेर रित्ता बनेका स्याउका बोटबाट अना’वश्यक हाँगा हटाउने, जरामा मल राख्ने, गोडमेल र सिँचाइ गर्ने काममा कृषक जुटेका हुन् ।

भदौ असोजमा स्याउको दाना टिप्ने गरिन्छ । फूल खेल्नु र हिउँ पर्नु अघिनै बगैँचा व्यवस्थापन गर्न जुटेका हुन् । हिउँ पर्ने समयमा स्याउ बगैँचाको उचित व्यवस्थापन गर्दा उत्पादन र गुणस्तर सुधार गर्न सकिन्छ ।
पुष माघ महिनामा कृषकले अनावश्यक हाँगा हटाउने गर्छन् । रोग किरा फैलिन नदिन सर्वो आयल र बोडो पेष्ट लगाउने गर्छन् ।

जरा वरफरको झार हटाएर खन्ने र भेडा, च्याङ्ग्रा, गाई, गोरुको मल हाल्ने गरिएको मार्फाका कृषक दीपक लालचनले बताउनुभयो । हिउँ परेपछि माटोले छोपेर राखिएको मल मिज्ने र जराबाट बिरुवालाई पौष्टिक तत्व आपूर्ति हुन्छ ।

स्याउको परागशेचनका लागि माइनस डिग्रीको तापक्रम आवश्यक पर्छ । अनावश्यक हाँगा नहटाउँदा उत्पादन र गुणस्तरमा असर गर्छ । दाना साना लाग्छन् । दानाको स्वाद मीठो हुँदैन । पालुवा र कोपिला पलाउनुअगावै स्याउका बोटमा हाँगा काँटछाँट गर्ने गरिन्छ । स्याउको हाँगा काटेर ग्राफ्टिङ गर्ने सिजन पनि यही हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन, कृषि ज्ञान केन्द्र र स्थानीय तहको कृषि शाखाले कृषकलाई बगैँचा व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरेका छन् ।

बगैँचा व्यवस्थापनका सामग्री र बोडो पेष्ट उपलब्ध गराएको घरपझोङ गाउँपालिकाका कृषि शाखा प्रमुख रोशन थकालीले बताउनुभयो । स्याउ तथा फलफूलविज्ञ डा खेमबहादुर शाहीले कृषकलाई तालिम दिनुभएको छ ।

मुस्ताङमा यस वर्ष रु ५९ करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । छ हजार पाँच सय ९७ मेट्रिक टन स्याउ उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

एक हजार चार सय ७५ हेक्टर जमिनमा स्याउ खेती विस्तार भएकोमा पाँच सय ८० हेक्टरमा लगाइएको स्याउ बोटले उत्पादन दिन्छन् । स्थानीय जातका अलावा ३८ हेक्टर क्षेत्रफलमा इटालीबाट ल्याइएको उच्च घनत्व प्रविधिको स्याउ खेती भएको छ ।

१७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया