शनिबार १४ माघ २०७९

आध्यात्मवादीका अनुसार स्वास्थ्य सम्बन्धी समस्या समाधानको औषधि बो’त’लमा भन्दा मनमा हुने ग’हि’रो चिन्तनका भित्र हुन्छ ।

आजभोलिको व्यस्त जीवनशैलीमा मानिसहरु अनिन्द्राको पी’डा रहेका हुन्छन् । राम्रो निन्द्राका साथ शुभ फलका लागि धार्मिक रुपमा केही उपायहरु रहेको हुन्छ ।

एक मन्त्रको जप सुत्नुअघि गरियो भने निकै लाभदायी हुने मान्यता रहेको छ ।

पुराणमा बताइए अनुसार यो सुत्न अघि उच्चारण हुने एक मन्त्रमात्र नभएर एक नारायण कवचको रुपमा तपाई रक्षा गर्नेछ । यो मन्त्रद्वारा भगवान विष्णुको अवतारसँग सुरक्षाको विन्ती हुने छ ।

यस्तो छ मन्त्र–

जले रक्षतु वाराहः स्थले रक्षतु वामनः ।
अटव्यां नारसिंहश्च सर्वतः पातु केशवः ।।

यो मन्त्रको अर्थ यस्तो छ– हे भगवान विष्णु जलमा वाराह देवता पृथ्वीमा वामन रुपमा मेरो रक्षा गर्नुहोस् आकाशमा नरसिंह भगवानले रक्षा गरुन् भने केशव भगवानले सवै दिशामा मेरो रक्षा गर्नुहोस् ।

यो पनि :- आइतबार सूर्यदेवको पूजा यसरी गर्नुहोस् (विधिसहित)
हि’न्दु धर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ । आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ ।

धर्मशास्त्रमा उल्लेख भएअनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ । साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ ।

पूजा गर्ने बिधि यस्तो छ :

आइतबारको दिन बिहान छिट्टै उठेर नुहाउने र कुनै मन्दिर गई भगवानको दर्शन गर्ने। त्यसपछि सूर्यदेवलाई जल चढायो भने कुण्डलीमा भएको दोष नाश हुन्छ । पूजामा सूर्य देवलाई मनपर्ने रातो फूल, रातो चन्दन , गुडहलको फूल, र चामल चढाउनुपर्छ । साथै गुड वा गुडबाट बनेको मिठा पनि चढाउनु पर्छ ।

त्यस पश्चात अब यी दुई मध्य कुनै एक मन्त्रको जप गर्नुहोस्प्रा।तस् स्मरामि खलु तत्सवितुर्वरेण्यम् रूपं हि मण्डलमृचोथ तनुर्यजूंषि । सामानि यस्य किरणास् प्रभवादिहेतुं ब्रह्माहरात्मकमलक्ष्यमचिन्त्यरूपम् । ॐ खखोल्काय शान्ताय करणत्रयहेतवे । निवेदयामि चात्मानं नमस्ते ज्ञानरूपिणे।। त्वमेव ब्रह्म परममापो ज्योती रसोमृत्तम् । भूर्भुवस् स्वस्त्वमोङ्कारस् सर्वो रुद्रस् सनातनस्।

माथि दिइएको मन्त्रको जप गरेर पूजा सकिए पश्चात आफ्नो निधारमा रातो चन्दन लगाउनुहोस् । यसो गर्दा सुर्य दोष नाश हुने भनाइ छ ।

७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया