शुक्रबार २२ मंसिर २०८०

काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको चुनावमा हारे पनि आज सत्ता गठबन्धन टु’टे’को समाचारले चित्त बुझेको बताएका छन् ।

पोखरामा जारी साहित्य महोत्सवलाई आइतवार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। ‘मैले संसदीय दलको चुनाव हारे पनि आजको समाचारले चित्त बुझेको छ’, उनले सम्बोधनका क्रममा भने ।
उनले सत्ता गठबन्धन टुटेसँगै अब खुमलटार र बालकोटको दौड पनि गर्नु नपर्ने उनले बताए।

‘म यता आएको थिएँ, उता धेरै थोक भएछ। म दलको नेता भएको भए खुमलटारबाट बालकोटको दौडधूपबीच आउलान् नआउलान् भनेर आ’त्ति’नुपर्थ्यो, अब त ढुक्क भयो’, उनले भने, ‘अब चित्त बुझाउने हो। चित्त बुझाउने यो तरिका पनि अपनाउनुपर्छ काठमाडौंका मान्छेले।’

आइतवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पहलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदैछन्।
कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै नछाडेपछि बालुवाटारबाट बालकोट पुगेका प्रचण्डलाई एमालेसहित सात दल र स्वतन्त्र सांसदको पनि समर्थन मिलेको छ।

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, भोलि ४ बजे प्रधानमन्त्रीको सपथ लिने :-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रधानमन्त्रीका रूपमा शपथ लिने भएका छन् । सोमबार दिउँसो ४ बजे प्रचण्डले प्रधानमन्त्रीको रुपमा सपथ लिने भएका हुन् ।

शपथ सोमबार दिउँसो राष्ट्रपति कार्यालयका निवास शितल निवासमा हुने प्रचण्डका सचिवालयले जानकारी दिएको छ । प्रचण्ड नेपालको ४४ औं प्रधानमन्त्री नियुक्त भएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । उनलाई प्रतिनिधिसभाका १७० जना सांसदको समर्थन रहेको छ ।

९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया