शुक्रबार २२ मंसिर २०८०

काठमाडौं / एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट आगामी सत्ता साझेदारीबारे ठोस सहमति जुटेको छ । नयाँ सरकारको नेतृत्व एमाओवादी अध्यक्ष प्रचण्डले गर्नेछन् भने राष्ट्रपति एमालेले पाउने भएको छ ।

स्रोतका अनुसार प्रचण्डले आगामी साढे दुई वर्ष सरकारको नेतृत्व गर्ने सहमति जुटेको हो । आलोपालोको सिद्धान्तअनुसार त्यसपछिको आधा समय एमालेले सरकारको नेतृत्व लिनेछ ।

प्रधानमन्त्रीपछिको मुख्य दुई पद राष्ट्रपति र सभामुख भने एमालेले पाउने गरी सहमति जुटेको एक नेताले बताए ।

सरकारमा सहभागी हुने राप्रपाको निर्णय :
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा)ले सरकारमा सहभागी हुने निर्णय गरेको छ । आइतबार बसेको आकस्मिक बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको एक नेताले बताए ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय अब एक घण्टा मात्र बाँकी छ । उक्त समयमा अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्दै नेताहरु राष्ट्रपति निवास शितल निवास जाने तयारी गरिरहेका छन् ।

सरकारमा सहभागी हुन्छौं : मुकुल ढकाल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मुकुल ढकालले रास्वपा पनि सरकारमा सहभागी हुने जनाएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको सहमतिअनुसार रास्वपाले सरकारमा जाने निर्णय गरेको उनको भनाइ छ ।

११३ पटक हेरिएको

तपाईको प्रतिक्रिया