
भगवान गणेशको नाम कुनै पनि कार्य गर्दा सवैभन्दा पहिले उच्चारण गरिन्छ । शास्त्रमा समेत सवैभन्दा पहिले लेखिएको हुन्छ– श्री गणेशायः नमः । गणेशको प्रसिद्धि यत्रतत्र हुँदा समेत उनले आफ्नो वाहन किन मुसालाई बनाए भन्ने सबैलाई थाहा नहुन सक्छ ।
गणेशले आफ्नो वाहनका रुपमा मुसालाई बनाएको विषयमा विभिन्न प्राचीन किंबदन्तिहरु छन् । एक किंवदन्ति अनुसार प्राचीन समयमा ‘गजमुखासुर’ (हात्तीको जस्तो मुख भएको) रा’क्ष’स थियो । उसले सवै देवताहरुलाई आ’क्र’मण गर्ने गर्थ्यो ।
एकपटक गजमुखासुरबाट आजित देवगणहरु त्यो रा’क्ष’सबाट छुटकारा पाउन गणेशका सामु पुगे । भगवान गणेशको ड’रले उक्त गजमुखासुर रा’क्ष’स मुसा बनेर भा’ग्न थाग्यो । त्यसपछि त्यो मुसालाई समातेर उनले आफ्नो वाहन बनाएका थिए ।
एक अर्को किंबदन्ति अनुसार देवताका राजा इन्द्रको दरबारमा ‘क्रोंच’ नाम गरेका गन्धर्व थिए । एक दिन क्रोंचले ग’ल्तीले वामदेव नाम गरेका ऋषिको खुट्टामा खुट्टा राखिदिएछन् । यो हर्कतले ऋषि क्रो’धित भइ गन्धर्बलाई मुसा बन्ने श्रा’प दिए ।
क्रोंचले अन्जानमा भएको ग’ल्तीलाई लिएर वामदेव ऋषिसँग मा’फी मागे । ती गन्धर्बले मा’फी मागेपछि ऋषिले आफ्नो श्रा’प फिर्ता नलिइ उनलाई मुसाको रुपमा तिमी भगवान गणेशको वाहन बन्नेछौं भन्दै तथास्तु भनिदिए ।
यो पनि : ज्योतिष शास्त्रअनुसार विहीबार जन्मेका मान्छेको भाग्य कस्तो हुन्छ ?
ज्योतिष शास्त्रमा जन्मबार अनुसार पनि मानिसको भाग्यमा असर गर्ने बताइन्छ । जन्म समय अनुसार नै मानिसको भूत, वर्तमान र भविष्यका बारेमा फलादेश गरिन्छ । आज विहीबार, विहीबार जन्मेका मान्छेको भाग्य कस्तो हुन्छ ? भन्ने विषयमा यहाँ चर्चा गरिएको छ :-
विहीबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र समझदार हुने गर्दछन् । तपाई विहीबार जन्मिनुभएको हाे भने मानिसहरुलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण तपाई आदर्श पनि हुनुहुन्छ । सफा र स्वच्छ विचारधाराको मालिक पनि हुनुहुन्छ ।
तपाईभित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाई जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हासिल गर्नुहुन्छ । स्वतन्त्रता तपाईलाई मन पर्ने भएका कारण बन्धनमा बस्न चाहनुहुन्न । तपाई चाँडै नै मानिसहरुलाई विश्वास गर्नुहुन्छ जसको प्रतिफल तपाईंले भो’ग्नुपर्छ ।
तपाईको धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम । बिहीबार जन्मेका मानिसहरुको प्रेम विवाह हुने सम्भावना अधिक रहन्छ । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ ।
स्वास्थ्यको दृष्टिकोणले विहीबार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शि’का’र हुने गर्दछन् जस्तै ज्वरो, पेट दु’खा’ई अथवा टा’उको दु’खा’ईको समस्या देखिन सक्छ ।