शनिबार २३ मंसिर २०८०

काठमाडौं / एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्न अनिच्छुक देखिनुभएको छ । उहाँले अबको राजनीति अस्थिर हुने बताउँदै आउनुभएको थियो ।

सत्ताको राजनीति चरममा पुगेको बेला प्रतिनिधि सभाका निर्णायक दलहरु अहिले ओली निवास बालकोट पुगेका छन् । उनीहरुका माझ अध्यक्ष ओलीले प्रधानमन्त्री बन्न आफू अनिच्छुक भएको बताउनुभएको छ ।

ओली निकट स्रोतका अनुसार निर्णायक दलका नेताहरु बीच ओलीले भन्नुभएको छ– ‘राम्ररी सरकार चलाउँछु, विकास र समृद्धिको नारा बोक्छु र स्थिरता दिन्छु भनेर प्रतिवद्धता जनाउनुहुन्छ भने एमालेले तपाईंहरुलाई समर्थन दिन्छ ।’

स्रोत अनुसार प्रचण्ड नै प्रधानमन्त्री बन्न अग्रसर हुनुभएको छ । प्रधानमन्त्रीको रेसमा भाग लिन केपी ओली अनिच्छुक हुनुभएपछि स्वाभाविक रुपमा अब प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना बढेको छ ।

यो पक्षले सरकार निर्माणका लागि आवश्यक पर्ने बहुमत जुटाएर दुई घन्टाभित्र अर्थात् पाँच बजेभित्र राष्ट्रपति कार्यालयसमक्ष प्रधानमन्त्री पदका लागि आफ्नो दावी पेस गर्नुपर्ने अवस्था रहेको छ ।

शुरुमा गठबन्धन दलभित्रबाटै प्रधानमन्त्री बनाउने सहमति भएको भएपनि कांग्रेसका शेरबहादुर देउवा र माओवादी केन्द्रका प्रचण्ड मध्ये को पहिले प्रधानमन्त्री बन्ने भन्ने ? विषयमा सहमति हुन नसकेपछि यस्तो अवस्था आएको हो ।

३०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया