शुक्रबार २२ मंसिर २०८०

काठमाडौं / आज पनि हाम्रो समाजमा महिना’वारीप्रतिको दृष्टिकोण फेरिन सकेको छैन । एउटा पुस्ता महिनावारी पा’पै हो भनेर ठो’कुवा गरिरहेको छ भने अर्काे पुस्ता विरो’धाभासमा अ’ल्झि’रहेको छ ।

हामीले महिना’वारी पा’प होइन, हरेक बा’लिका/किशो’रीमा हुने नियमित प्रक्रिया हो भनेर समाजका अघिल्लो पुस्तालाई बुझाउन सकेनौँ वा उनीहरूले हाम्रो कुरालाई बुझ्न चाहेनन् ? यसको विषयमा गहन खोजीकार्यको आवश्यकता छ ।

महिना’वारी नियमित प्रक्रिया हो भनेर सभा–सम्मेलन र गोष्ठीहरूमा च’र्काे भाषण दिने अप’वादबाहेकका महिला हरेक वर्षको ऋषिपञ्चमीमा दतिवन टो’केर पा’प पखालिरहेका हुन्छन् । बाहिर केही होइन भन्ने अनि भित्र ऋषिपञ्चमीमा नुहाउने प्रवृत्तिका कारण उनीहरू विरो’धाभासमै अल्झि’रहेकै छन् भन्ने बुझिन्छ ।

हामीले बोलेका कुरालाई व्यवहारमा उतार्न सकेनौँ भने बोल्नुको कुनै अर्थ हुँदैन । बोलीभन्दा व्यवहार सिकाइको उत्कृष्ट नमुना हो । दूरदराजमा नगई काठमाडौंमै हेर्ने हो भने छोरी पहिलोपटक महिना’वारी हुँदा कोठाभित्र लुका’उने प्रचलन छ ।

घरमा छोरामान्छे मुख्यतः बा, हजुरबा, काका, ठूलाबा, दाइभाइलाई छुन त परको कुरा हेर्नसमेत हुँदैन भनेर महिना’वारी भएकी किशो’रीलाई थु’नेर राख्ने प्रचलन छ । तर, त्यसको विरोध’स्वरूप शनिबार एउटा बेग्लै दृश्य देखियो । पत्रकारद्वय प्रकाश सिलवाल र यशोदा अधिकारीले छोरी प्रयत्ना सिलवालको पहिलो महिना’वारी उत्सवको रूपमा मनाएका छन् ।

महिना’वारी हुँदा अरूको घर, गोठ र एकान्तभन्दा मर्यादित महिना’वारी, हामी सबैको जिम्मेवारी भनेर सन्देश दिनको लागि प्रकाश र यशोदाले छोरीको महिना’वारीलाई केक का’टेर, टीका र माला लगाइदिए । त्यसमा अभियन्ता तथा लेखिका राधा पौडेल, अभियन्ता लक्ष्मी न्यौपाने, लक्ष्मी बस्नेत, सामना पहाड, नेपालका प्याड म्यान ज्ञान महर्जनलगायतले साथ दिए ।

नेपालमा केही समयदेखि यस्ताखाले उत्सव देखा पर्दै गहिरहेका छन् । यसलाई निरन्तरता दिन अबको पुस्ताले मनैदेखि लाग्नु जरुरी छ । लाज र सं’को’चलाई फ्याँ’केर परिपक्वतालाई अँगाल्न सक्नु नै महिला स्वास्थ्यलाई बलियो र मजबुत बनाउनु हो । – नयाँ पत्रिका बा’ट ।

१२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया