
बैतडी/ बैतडीमा एक वडाअध्यक्ष घरबाट जनताको काम गर्न जानुछ भनेर निस्किए । तर जब उनको असलियत पत्ता लाग्यो, श्रीमतिले नै प्रहरी बोलाईन् । ती वडाध्यक्ष दोगडाकेदार गाउँपालिका ७ का भरत महरा हुन् । यो त्यही गाउँपालिकाको वडा हो, जहाँ भागिरथी घटना भएको थियो ।
प्रहरीले उनलाई होटलमा एक महिलासँग फेला पारेको छ । उनी त्यहाँ भेटिँदा उनको अवस्था श’ङ्का’स्पद रहेको थियो । प्रहरीले ती वडाध्यक्ष र ती महिलालाई साथै लिएर गएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
यो खबर भने वडाध्यक्षकी श्रीमतीले नै प्रहरीलाई दिएकी हुन् । उनीहरु दुवैलाई शुक्रबार बिहान ३ बजेतिर स्थानीय खोचलेक बजारको एक होटलको कोठामा फेला पारिएको थियो । श्रीमतीसँग अर्कै कुरो बताएर वडाध्यक्ष घरबाट निस्केका थिए, पछि उनीहरु उनीहरु दुवैजना कोठामा रहेको भन्ने जानकारी वडाअध्यक्ष महराकी श्रीमतीले पाएकी थिइन् ।
वडा अध्यक्षले भने पार्टीको काम परेको र काम गर्दा गर्दै एकै कोठामा बसेको बताएका छन् । प्रहरीले जिल्ला सदरमुकाम लगेर यथार्थ पत्ता लगाउने कोशिस गरिरहेको जनाएको छ ।