
एजेन्सी / टेलिभिजन शो ‘कौन बनेगा करोडपति’को मञ्चमा अभिनेता अमिताभ बच्चन आफ्नो जीवनसँग जोडिएका अनेक किस्सा दर्शकलाई सुनाउन पछि पर्दैनन् । कैयौं पटक उनका किस्साले फ्यान भा’वु’क पनि भएका छन् । हालैमात्र उनले आफ्नो उचाईका बारेमा अनेक किस्सा सुनाए ।
उनले शोको पछिल्लो भागमा आफ्नो स्कुलको दिनको सम्झना गरेका छन् । यो कुराको सुरुवात प्रतिष्पर्धी काशवी शर्माबाट भयो । फास्टेस्ट फिंगर फस्ट राउण्ड जितेर काशवीले हट सिटमा बस्ने मौका पाइन् । काशवीको कुरा गर्दै अमिताभले स्क्रिनमा उनको रिपोर्ट कार्ड देखाए । कार्ड हेर्नासाथ काशवीले आफूलाई आफ्नो कम उचाई मन नपरेको बताइन् ।
उचाईको कुरा गर्नासाथ अमिताभले आफ्नो स्कुलको दिन सम्झिाए । ‘मैले स्कुलमा उचाईकै कारण धेरै समस्या भोगें । हामीलाई स्कुलमा ब’क्सि’ङ सिक्न जरुरी थियो । तर अग्लो उचाईका कारण मलाई सिनियर समूहमा राखिदिए । म स्कुलमा धेरै कु’टा’ई खान्थेँ, किनकी म अग्लो थिएँ ।’ उनले भनेका छन् ।
यो पनि :- नेपाल भ्रमण सकेर अभिनेता विवेक ओवरोय स्वदेश फर्किए : काठमाडौं / १० दिने नेपाल भ्रमण सकेर भारतीय अभिनेता विवेक ओवरोय स्वदेश फर्किएका छन् । व्यवसायी पुनम यादवको पहलमा परिवारसहित नेपाल आएका ओवरोय आज स्वदेश फर्किएका हुन् ।
उनी मंसिर २८ गते नेपाल आएका थिए । व्यवसायी यादवले आफ्नै खर्च र पहलमा विवेकलाई नेपाल ल्याएकी हुन् । नेपालमा रहँदा उनले पशुपतिनाथको दर्शन गर्नुका साथै विभिन्न पर्यटकीय स्थलको भ्रमण गरेका थिए ।
ओवरोयले नेपालमा हुँदा पोखरामा हाई ग्रङग एड्भेन्चर्समा जिपलाइन, स्काइक्रिमर समेत गरेका थिए । यस्तै उनले पोखरामा रहेको अन्नपूर्ण केबलकारको भ्रमण गरेका थिए । ओवरोयले नेपाल बसाइका क्रममा यहाँको खाना एकदमै मिठो लागेको बताएका छन् ।
फेरि पनि नेपालको भ्रमणमा आउने ओबरोएले बताएका छन् ।
व्यवसायी यादवले आबरोयको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेकी छन् । आगामी दिनमा नेपालका पर्यटकीय स्थलहरुको प्रचार प्रसारका लागि आफ्नो तर्फबाट सम्पूर्ण पहल गर्ने पनि उनले बताएकी छन् ।