शनिबार २३ मंसिर २०८०

काठमाडौं / बाल गायक सचिन परियार आइसियुमा थिए यतिबेला सबैको सहयोगले पाइप बाट खाना खाइरहेका सचिन खाना खान सक्ने भएका छन् । युट्युबमा अन्तर्वार्ता दिएर भाइरल समेत बनेका उनले चर्चित टीभी श्रृंखला ‘मेरी बास्सै’ र अभिनेता राजेश हमालसँग केही सांगीतिक भिडियोमा अभिनय गरेका छन् ।

उनका लागि थप उपचार खर्च जुटाउन ईशा फाउण्डेसन लगायतले पहल गरिरहेको पनि छ । अस्पताल भ’र्ना भएका सचिनलाई भेट्न गायक, गायिका तथा कलाकारहरु पनि शिक्षण अस्पताल पुगेका छन् ।

सचिन अस्पतालमा छ’ट्प’टाइरहँदा उनका बुवा तेजेन्द्र परियार भने आएका छैनन् । छोरा भाइरल भएपछि उनी पनि विभिन्न युट्यूव च्यानललाई अन्तरवार्ता दिँदै हिँड्ने गर्थे । तर, केही समयदेखि उनी गुमनाम बनेका छन् । सचिनकी आमालाई छोडेर तेजेन्द्रले अर्को विवाह गरेका थिए । कान्छी श्रीमती लिएर उनी अहिले भारतमा रहेको चर्चा छ ।

छोरा बि’रामी भएको खबर स्कुलबाट पाएपछि पोखरामा रहेकी आमा काठमाडौं आएकी छन् । उनले छोराको उपचारका लागि आफूसँग आर्थिक अभाव रहेको बताइन् । यससँगै सचिनको नाममा पैसा उठाउने युट्यूवरहरुबीच प्रति’स्पर्धा सुरु भएको छ ।

उनले पटकपटक बोलेकै कारण वि’वादमा आउने भएपछि उनी पछिल्लो समय त्यति सारो सामाजिक संजालमा आउन छोडेका थिए । केहि समय पहिले उनी सचिन सँगै बस्दै आइरहेका र केही गीतमा मोडलिङ तथा अभिनय समेत गरेका थिए । तर पछिल्लो समय छोरा सचिन बि’रामी भएपछि उनी सम्पर्कमा आएका छन् । उनीसँग सं’वाद गर्दा भारत भएको खुलाएका छन् ।

२२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया