आइतबार १७ मंसिर २०८०

विराटनगर/ मोरङ जिल्ला बेलबारी ६ बाउनी निबासी काजीलाल चौधरी नाम गरेका एक चौधरी वृद्धले २० बर्षिया युवती रबिना चौधरीसँग बिबाह गरेका छन् । निकै अचम्म लाग्ने उनीहरुको बैबाहिक सम्बन्ध गाँसिएको लगभग चार बर्ष भैसकेको छ ।

अझै अरु अचम्मै लाग्ने जोडीको भित्री कथा भने अर्कै छ । गरिबी अनि दुखै कष्टको जीवन बिताएकि रबिनाको कलिलो उमेरमै आफुभन्दा ४७ बर्ष जेठा वृद्धसंग दाइजोकै कारणले बिबाह गर्नुपर्ने बा ध्य ता भयो । हाँस्ने खेल्ने उमेरमा दुखै दुखमा आँसु सहित जीवन बिताएकी अनि बिबाह पनि आफुभन्दा ४७ बर्ष जेठो मान्छेसँग आफ्ना रहर इच्छा चाहना मा रेर बि बा ह गरेकी उनले बताइन् ।

बिबाह गर्दा धेरै दाइजो खोज्ने दाइजो दिनलाई केही नभएपछी आफुसंग उमेर मिल्ने केटोसङ बिहे गर्ने त मेरो लागि सपना मात्र भएको सम्झेर बा ध्य ताले वृद्धसंग बिहे गरेको बताइन आफू सानैमा आफ्ना बाबुले कान्छी श्रीमती ल्याएर आफुसहित आमालाई बेवास्ता गरेपछी परिवारै पुरै दु:ख र आँसुमा डु बेको थियो । गरिबीका कारण निकै बिजोक र कष्टदायक अवस्थामा रहेकी रबिना चौधरीको घरमा आमाबाहेक कोहि थिएन ।

रबिनाले भा वुक हुँदै भनिन् मेरो शरीरमा घा उ ख टिरा नि स्किएर ओछ्यानमा ल डि रहेका बेलामा आफ्नो उपचार गराउन पैसा नभएको र खाना खाने पनि अवस्थामा नभएपछि बि जोक भएको थियो । आमा दिनरात रुदै हिड्नु हुन्थ्यो जसोतसो ६०, ७० हजार ऋण काडेर आफ्नो उपचार गराएको सम्झिदा अझै आँसु झर्ने बताइन् ।

आफू चौधरी भएकाले बिबाह गर्दा धेरै दाइजो खोज्ने र आफुसङ दाइजो दिनलाई केही नभएपछी आफुसंग उमेर मिल्ने केटोसङ बिहे गर्ने त सपना मात्र भएको सम्झेर बा ध्य ताले वृद्धसंग बिहे गरेको बताइन ।

उता वृद्धकि पनि जेठी श्रीमतीको मुटुको रोगका कारणले निधन भएपछी एक्ला बनेका वृद्धलाई साहराको खाँचो थियो । दुबैजना दुख पाएका भएकै कारण बिबाह गर्नुपरेको उनीहरुले बताए ।

७०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया