आइतबार १७ मंसिर २०८०

काठमाडौं / शुक्रबार साँझ एउटा गीत रिलिज भयो । भिडियो सहितको गीतको बोल थियो– हुने नहुने भयो –यहाँ आँखा नरुने भयो । गीतको निष्कर्ष हो– पी’डित नै थप पी’डित भयो । पीड’कले उल्टै सहानुभूति पायो ।

यस्तो छ गीतको शब्द–

हुने नहुने भयो –यहाँ आँखा नरुने भयो
छु’रा बिचरा भयो – यहाँ घा’उ दो’षी भयो
यस्तै चलन यहाँको
यस्तै ज’लन यहाँको
घा’उमाथि घा’उ
यस्तै मलम यहाँको
रात अधेरो हुँदैमा – यहाँ मानिस अ’न्धा किन
ओरालीको मृग लखे’ट्ने – यहाँ यस्तो ध’न्दा किन
गो’ली बि’चरा भयो – यहाँ घा’इते दो’षी भयो
छु’रा बि’चरा भयो – यहाँ घा’उ दो’षी भयो
यस्तै चलन यहाँको
यस्तै ज’लन यहाँको
घा’उमाथि घा’उ
यस्तै म’लम यहाँको

मनले सह्यो भन्दैमा – यहाँ छा’ती अ’चानो किन
सुखका आफ्ना सबै – यहाँ दु’ख्दा बि’रानो किन
भ’मरा बि’चरा भयो – यहाँ फू’ल दो’षी भयो
छु’रा बि’चरा भयो – यहाँ घा’उ दो’षी भयो
यस्तै चलन यहाँको
यस्तै ज’लन यहाँको
घाउमाथि घाउ
यस्तै म’लम यहाँको

जो दो’षी हो उसैलाई समाजले नि’र्दोष क’रार गरिरहेको र जो पी’डित हो उसैलाई समाजले ला’ल्छना लगाइरहेको गीतको केन्द्रीय म’र्म हो ।
भमरा वि’चरा भयो – यहाँ फूल दो’षी भयो
छु’रा विचरा भयो – यहाँ घा’उ दो’षी भयो

सुखमा हाईहाई गर्ने समाज दुः’खमा उल्टै दु’स्मन हुने गरेको नेपाली समाजको प्रवृत्ति गीतले चित्रण गरेको छ । जति स’ह्यो थप पी’डा दिने समाजको वास्तविक च’रि’त्र गीतले बोलेको छ ।
मनले सह्यो भन्दैमा – यहाँ छाती अ’चा’नो किन
सुखका आफ्ना सबै – यहां दु’ख्दा बि’रानो किन

बिम्ब र प्रतीकको भरपूर प्रयोग गरेर मानवीय प्रवृत्तिप्रति व्य’ङ्ग्य गर्दै यो गीत शब्द सिर्जना गरेका हुन्– गीतकार राजेन्द्र थापाले । नेपाली से’नाको उच्च ओहदामा रहेर लामो समय समाजको यर्थाथ पर्गे’लेका उनी समाज बोल्ने गीत लेखिरहन्छन् । स्रोता/दर्शकलाई सुनाइरहन्छन् । देश दुनिया घुमेर/बुझेका कुरा गीतलाई माध्यम बनाएर भनिरन्छन् ।

यो गीत जसले गा’यो उसैका लागि अर्थात् समीक्षा अधिकारीलाई हेरेर लेख्नु भएको हो ? जवाफमा उनले भने– हो । “हो समीक्षाकै लागि लेखेको हो । उसैका लागि संगीत गराएको हो । म्युजिक नेपाललाई उसैका लागि रिक्वेस्ट गरेको हो,” गीतकार थापाले स्पष्ट पारे ।

गीतको शब्द जति मार्मिक छ, त्यसको प्रतिबिम्व रेकर्डिङमा पनि देखियो । शब्द र संगीतको ता’कत कति हुन्छ स्पष्ट देखियो । “पहिला त खुरु खुरु रेकर्डिङ भयो । बिचमा अ’चानक रु’वा’वासी भयो । फेरि स’म्हा’लिन् फेरि रु’वा’वासी,” थापाले गीत रेकर्डिङको पल सम्झिए । गीतको भिडियोमा समीक्षा रु’ए’को सुनिन्छ । त्यो रेकर्डिङ गर्दा समीक्षा रुएको नेचुरल रु’वाई भएको उनले सुनाए ।

केही समय अगाडि ना’वालिग गायिका कमला घिमिरेको गीतले गरेको व्य’ङ्ग्यले पनि समीक्षालाई अ’सह्य बनाइरहेका बेला आफ्नै भो’गाइको गीतले उनलाई थप उद्दे’लित बनाइरहेको समयमा गीत भिजुअल निर्माण भएको गीतकार थापाले जानकारी दिए ।

समीक्षाको आँखामा पी’डा देखेपछि निर्माण टिम के गर्ने भन्ने अ’स’मानजस्य अवस्थामा पुगेका बेला समीक्षा सम्हालिँदै टिमलाई भरोसा दिँदै छायांकन सकेको थापा स्मरण गर्छन् । पुरुषोत्तम न्यौपानेले संगीत गरेको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ । भिडियो निर्देशन राजिव लोहनीको छ भने भिजुअलमा समीक्षा स्वयं देखिएकी छन् । हेर्नुहोस् भिडियो :

१६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया