आइतबार १५ माघ २०७९

विराटनगर / चराउन ल्याएका मौरीले टो’केर मोरङको कानेपोखरी गाउँपालिका–५ भौंसाबारीमा १ जना वृद्धको मृ’त्यु भएको छ भने अन्य ४ जना घा’इते भएका छन् ।

मौरीले टो’क्दा कानेपोखरी–५ का ८४ व’र्षीय टीकाराम भट्टको मृ’त्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार मौरीले टो’के’र मंगलबार दिउँसो ग’म्भीर घा’इते भएका वृद्धको उपचारका क्रममा रमाइलो हेल्थ केयरमा मृ’त्यु भएको हो । श’व पो’स्ट’मार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पतालमा लगिएको छ ।

मौरीको टो’का’इबाट कानेपोखरी–५ का ६८ व’र्षीय झबर यादव, ३६ व’र्षीय मानबहादुर सुनार, २० व’र्षीया जेनिसा राजवंशी र ५५ वर्षीय शोखलाल ऋषिदेव घा’इते भएका छन् । सामान्य अवस्थाका उनीहरुको रमाइलो हेल्थ केयरमा उपचार गराइएको छ । चराउन ल्याउने क्रममा बि’च्कि’एका मौरीले अन्य स्थानीयलाई पनि टो’केको प्रहरीले जनाएको छ ।

झापाको शिवसत्ताक्षी नगरपालिका–९ का ३८ वर्षीय ओमदेव बस्नेत र ४५ वर्षीय पशुपति अधिकारीले चितवनबाट गाडीमा राखेर मौरी चराउन कानेपोखरी ल्याएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २२ घार मौरी चराउन ल्याएको खुलेको छ । गाडीबाट मौरीलाई चराउन निकाल्ने क्रममा एउटा घार भुइँमा ख’सेर फु’टे’को थियो ।

घार फु’टेपछि बि’च्किएका मौरीले वरपर हिँडडुल गरिरहेका स्थानीयलाई टो’के’को प्रहरीले जनाएको छ । घ’ट’नापछि बस्नेत र अधिकारीलाई प्रहरीले नि’यन्त्रणमा लिएको थियो । तर, खोजी भएको बेला उपस्थित हुने श’र्तमा दुवै जनालाई छा’डिएको प्रहरीले जनाएको छ । डीएसपी श्रेष्ठले घ’टनाको अनु’सन्धान भइरहेको जानकारी दिएका छन् । – किशोर बुढाथोकी / अन्नपूर्ण पो’ष्ट बाट ।

१०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया