आइतबार १७ मंसिर २०८०

धरान / उच्च अदा’लत विराटनगरले धरान उपमहानगरपालिकालाई वन क्षेत्रमा साबुन उद्योग निर्माणको काम रोक्न अन्तरिम आ’देश दिएको छ ।

धरान उपमहानगरपालिकाले कार्यपालिका निर्णयका आधारमा धरान- २० मा पर्ने जलकन्या सामुदायिक वनको जग्गामा सावुन उद्योग निर्माणको काम सुरु गरेको थियो ।

मेयर हर्क सम्पाङले वनको जग्गामा वातावरणीय प्र’भा’व मूल्यांकन नगरी काम सुरु गरेपछि जिल्ला वन कार्यालय सुनसरीले उच्च अदा’लत विराटनगरमा रि’ट दा’यर गरेको थियो ।

न्या’याधीश रामबहादुर थापा र किरणकुमारी गुप्ताको संयुक्त इज’लासले बुधबार निवे’दनको किनारा नलागेसम्म काम अघि नबढाउन अन्तरिम आ’देश जारी गरेको उच्च अदा’लत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।

मेयर साम्पाङले कार्यपालिका बैठकको निर्णयको आधारमा उद्योग निर्माणको काम सुरु गराएका थिए । तर वनको जग्गामा अनुमति नलिएको र वातावरणीय प्र’भाव मूल्यांकन पनि नगरेका कारण अदा’लतले काम रोक्न अन्तरिम आ’देश दिएको हो ।

मेयर साम्पाङले उपमहानगरको आफ्नै लगानीमा चल्नेगरी ‘माया धराने’ साबुन उद्योगका लागि काम थालेका थिए । उद्योगका लागि उनले आवश्यक श्रमदान पनि सुरु गरेका थिए । अदा’लतको उक्त आ’देशपछि अहिले उद्योगको काम रोकिएको छ ।

११२ पटक हेरिएको

तपाईको प्रतिक्रिया