मंगलबार १६ आश्विन २०८०

सुर्खेत/ सुर्खेतमा नक्कली सिडियो फेला परेका छन् । आफु सिडिओ र प्रमुख प्रशासकीय अधिकृत हुँ भन्दै हिड्ने ब्यक्ति नक्कली भएको फेला परेको छ ।

प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले जाजरकोटको छेडागाढ नगरपालिका(२ डेढकुलाका २७ वर्षीय दिपक बुढालाई पक्राउ गरेको हो । उनले आफुलाई प्रमुख प्रशासकीय अधिकृत दावी गर्दै ठगी गर्ने गरेका थिए ।

नेत्रकुमारी पौडेलले दिएको जाहेरी पछि महानगरीय अपराध महाशाखाको आग्रहमा उनलाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीवाट नक्कली परिचयपत्र पनि बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्दा बुढाले ‘नागुनाथ गाउँपालिका हुम्ला’ लेखिएको परिचयपत्र बोकेका थिए । यो नाम गरेको गाउँपालिका नै छैन ।

प्रहरीका अनुसार बुढा दुई वर्षअघि पनि यस्तै अभियोगमा पक्राउ परेका थिए । उनले दैलेखको सहायक प्रमुख जिल्ला अधिकारी हुँ भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको प्रहरी रेकर्डमा छ । ‘कहिले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत त कहिले सहायक प्रमुख जिल्ला अधिकारी हुँ भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गरेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले बताए ।

सरकारी यूनिफर्म लगाएरै उनले ठग्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले बुढाको साथबाट सरकारी परिचयपत्रका साथै सरकारी पोशाक पनि बरामद गरेको छ । तस्बिर काँचुली खबर

५०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया