
काठमाडौं / ब्राजिलका महान् विश्वप्रसिद्ध फुटबलर पेलेको उपचार गरिरहेको अस्पतालले उनको क्या’न्सर, मि’र्गौला र मुटुको स’मस्या झन बढेको जनाएको छ ।
हाल ८२ वर्षीय पेलेको ‘मृगौला र मु’टुको समस्यासँग सम्बन्धित थप हेरचाह आवश्यक’ रहेको साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले भनेको छ । उनको हाल सामान्य वार्डमा उपचार भइरहेको छ ।
उनको केमोथेरापी उपचारको पुनः मूल्याङ्कन गर्न पेलेलाई नोभेम्बर २९ मा साओ पाउलोको अस्पतालमा भर्ना गरिएको थियो । २१ सेप्टेम्बरमा कोलोन ट्युमर हटाउन श’ल्य’क्रिया गरे देखि ८२ वर्षीय पेलेको केमोथेरापी भइरहेको छ ।
उनलाई श्वासप्रश्वासको सं’क्रमण भएको समेत उनको उपचारमा सं’लग्न चिकित्सकहरूले बताएका छन् । यस महिनाको सुरुमा पेलेलाई जीवनको अन्तिम हेरचाहमा राखिएको रिपोर्टलाई अस्वी’कार गर्दै पेलेका छोरी केली नासिमेन्टो र फ्लाभिया अरेन्टेसले उनको स्वास्थ्यको बारेमा प्रशंसकहरूलाई आश्वस्त पार्न खोजेका थिए ।
यो पनि :- स्पेनिस क्लव काथेरेन्यो एफसीसँग नेपालका दुई टिमले मैत्रीपूर्ण खेल खेल्ने : काठमाडौँ / स्पेनिस फुटबल क्लव काथेरेन्यो एफसी मैत्रीपूर्ण खेलका लागि नेपाल आउने भएको छ ।
बिहीवार लुम्बिनी गार्डेन फाउण्डेसनले पत्रकार सम्मेलन गर्दै यसको बारेमा जानकारी गराएको हो । काथेरेन्यो एफसीले नेपालमा दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ । काथेरेन्यो स्पेनको दोस्रो डिभिजनको लिग खेलिरहेको क्लव पनि हो ।
स्पेनिस क्लवले नेपाल भ्रमणका क्रममा पुस १३ गते पोखरा रंगशालामा गण्डकी–११ सँग मैत्रीपूर्ण खेल खेल्नेछ । गण्डकी ११ को कप्तानी राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङले गर्नुहुनेछ ।
गण्डकी ११ को प्रशिक्षण राजेन्द्र तामाङले गर्नुहुनेछ । त्यस्तै पुस १४ गते काठमाडौंको दशरथ रंगशालामा काठमाडौं–११ सँग प्रतिष्पर्धा गर्नेछ । काठमाडौं ११ को कप्तानी राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जनले गर्नुहुनेछ ।
काठमाडौं ११ को प्रशिक्षण मेघराज केसीले गर्नुहुनेछ । स्पेनीस क्लव काथेरेन्योसँग स्पेनका पूर्व राष्ट्रिय खेलाडीसहित ला लिगा फुटबल क्लव रियल मड्रिड, बार्सिलोना र एथलेटिको मड्रिड जस्ता ठूला क्लवमा खेलेका अनुभवी खेलाडीहरु रहेका छन् ।
नेपालमा फुटबलको विकास तथा पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्यसहित मैत्रीपूर्ण खेलको आयोजना गरिएको आयोजकले जनाएको छ ।
काथेरेन्योले काठमाडौं र पोखरामा एक÷एक मैत्रीपूर्ण खेल खेल्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा), कास्की जिल्ला फुटबलसँगको सहकार्यमा ‘शान्तिका लागि फुटबल’ भन्ने नारासहित आयोजनामा हुन लागेको मैत्रीपूर्ण खेल पुस १३ र १४ गते हुनेछ ।
नेपाल भ्रमण गर्ने स्पेनिस टोलीमा स्पेनको राष्ट्रिय टोलीबाट खेलिसकेका म्यानुयल सान्चेज डेल्गाडो (मोनोलो) पनि हुनुहुन्छ । विश्वकप १९९० मा मोनोलो स्पेनिस टिमको मुख्य खेलाडी हुनुहुन्थ्यो ।