
काठमाडौं / सुनको मूल्य नेपाली बजारमा बिहिबार प्रतितोला ३०० रुपैयाँले बढेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख एक हजार ५०० तोकिएको छ । बुधबार प्रतितोला एक लाख एक हजार २०० रुपैयाँमा नेपाली बजारमा कारोबार भएको थियोे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणनुसार बिहीबार तेजावी सुनको मूल्य एक लाख एक हजार रुपैयाँ पुगेको छ ।
यस्तै, बिहीबार चाँदी प्रतितोला ५ रुपैयाँले उकालो लागेर एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो पनि पढ्नुहोस् :-जर्मन प्रविधिबाट नेपालमै चाइनिज इँटा उत्पादन हुँदै : काठमाडौ /जर्मन प्रविधिबाट अब नेपालमै इँटा उत्पादन सुरु हुने भएको छ । दुई महिनापछि त्यस्ताे प्रविधिमार्फत इँटा उत्पादन सुरु हुने जनाइएको छ । यसको लागि पोखराको पोल्याङमा एक सय रोपनी क्षेत्रफलमा कारखाना निर्माण र करिब ३० करोड लगानीमा उद्योग खुलेको हो ।
पोखरा इको रेड ब्रिक्स प्रालिले यसको लागि तयारी अन्तिम चरणमा पुगेकाे जनाएकाे छ । नेपाल इको प्यानल समूहका लगानीकर्ताहरूको समूहले उद्योग सञ्चालन थालेको हो । लगानीकर्तामध्येका एक ईन्जिनियर कृष्णभक्त दुवालले त्यसका लागि आफूहरूले अन्तिम तयारी गरिरहेको जनाए । माघ महिनाबाट हाम्रा इटाहरु बजारमा आउन थाल्ने छन्, उनले भने ।