आइतबार ०७ आश्विन २०८०

हामी तपाईंहरुलाई गीतामा भगवान् श्रीकृष्णद्वारा बताइएका सफलताका पाँच मन्त्रहरुको बारेमा बताउँदै छौँ ।दूरगामी सोचः भगवान् श्रीकृष्णको तर्फबाट भनिएको श्लोकमा आधारित भागवत गीताको अनुसार हामीले सोचलाई सुंकुचित बनाउनुभन्दा यसलाई दूरगामी र व्यापक बनाउनुपर्छ जसले गर्दा भविष्यमा आइपर्ने दुखबाट सजिलै पार पाउन सकियोस् ।

ड’रभन्दा अगाडि जीतः गीताका अनुसार यदि तपाईंको अगाडि समस्याले विकराल रुप लिँदै छ र यसलाई समाधान गर्न सकिरहनु भएको छैन भने पनि तपाईंले हिम्मत नहार्नु र सोच बिचार गरेर मात्र समस्याको समाधानको बाटोमा लाग्नुहोस् ।

समस्यासँग ड’राउनुभन्दा पनि यससँग लड्नु नै सबैभन्दा ठूलो शक्ति हो । एकपटक ड’रलाई पार लगाउनु भयो भने त्योभन्दा अगाडिको कदममा तपाईंको जीत छ भनेर सम्झनुहोस् । पाण्डवहरुले पनि धर्मको सहारामा यु’द्ध जितेका थिए ।

प्रगति पथमा प्रशस्तः श्रीकृष्णले सधैभरि पाण्डवहरुलाई यहि भनेका छन् कि पछि हट्नुभन्दा प्रगति पथमा लम्कनु बुद्धिमानी हुनेछ । उदाहरणका लागि यदि कोही कर्मचारी कम्पनीमा लगाव भएका कारण जीवनको ठूलो असर गुमाउँदै छ भने त्यो मू’र्खता हो किनभने अट्याचमेन्टले ट्यालेन्टलाई मार्ने गर्दछ । यस्तो अवस्थामा यदि तपाईंलाई ठूलो स्कोप, स्थान परिवर्तनमा देखियो भने स्थान परिवर्तनमा नै फाइदा हुनेछ ।

बन्नुहोस् ऋषिकेशः श्रीकृष्णलाई ऋषिकेश पनि भनिन्छ । यी दुई शब्दबाट मिलेर बनेको छ ऋषक र ईश अर्थात इन्द्रियलाई वशमा गर्ने स्वामी । श्रीकृष्णको भक्ति गर्ने व्यक्ति बुद्धिमाथि विजय प्राप्त गर्न सक्षम हुने गर्दछन् ।

गीताको अनुसार हावालाई वशमा ल्याउन सम्भव होला तर मानिसको दिमागलाई व’शमा ल्याउन अस’म्भव हुन्छ । दिमागलाई आफ्नो व’शमा ल्याउने व्यक्तिहरु कुनै पनि क्षेत्रमा निकै सजिलै सफलता हाँसिल गर्न सक्छन् ।

स्मृति, ज्ञान र बुद्धिः गीतामा श्रीकृष्णले एक श्लोकमा उल्लेख गरेका छन् कि कुनै पनि क्षेत्रमा सफल हुनका लागि स्मृति र बुद्धि स्वस्थ हुनु अनिवार्य छ । बुद्धि अर्थात राम्रा कुराहरु सोच्ने क्षमता, ज्ञान अर्थात सबै कुराहरुको भित्रि जानकारी हुनु र स्मृति अर्थात नराम्रो कुरालाई बिर्सने र राम्रो कुरालाई याद गर्ने क्षमता । यदि यी तीन कुराहरुमा युवाहरु केन्द्रित हुने हो भने उनीहरु जीवनको ७० प्रतिशत कठि’नाईहरुबाट पार पाउन सकिनेछ ।

४०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया