शनिबार १४ माघ २०७९

आज श्री शाके १९४४ बि.स.२०७९ पौष ७ गते बिहिबार इश्वी सन २०२२ डिसेम्वर २२ तारीख पौष कृष्ण पक्ष चतुर्दशी तिथी ज्येष्ठा नक्षत्र शुल योग भद्रा करण चन्द्रमा बृश्चिक राशिमा आनन्दादि योगमा काल योग नल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु दिशिचह्रे पूजा (ज्यो.प. तुलसी भारद्वाज निरौला)

मेष–
काममा कठिनाइ स’हनु पर्ला, होसीयारी पूर्वक काम गर्नु होला । यातायातका साधनबाट पनि जोग्गिनु होला । विशेष योजना गोप्य राख्नुहोला । बन्न लागेको काम बिग्रन सक्ने दिन छ, होस पुर्याउनु होला । घरेलु समस्याले सता’उने हुँदा काममा अव’रोध आउनेछ, त्यसै त्यसै दि’क्क लागेर आउनेछ ।

वृष–
सहयोगीहरूले काममा साथ दिनेछन् । अनौठो तरिकाबाट रुपैँया पैसा प्राप्त हुने दिन रहेको छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ योजनाहरुको पनि सिर्जना हुने दिन छ । परिश्रम गर्दा अरुको विश्वास पनि जित्न सकिनेछ । अधुरा काम बनी मन हर्षित हुने दिन छ ।

मिथुन–
मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित हुनेछ । पुराना साथीभाइसँग पनि भेट होला । भौतिक साधन जुट्नेछन् । नउठ्ने रकम उठ्ने दिन छ, मन प्रफुल्ल रहला । प्रयास गर्दा प्रेममा सफलता पाउने र बैवाहिक बन्धन प्राप्तीको योग छ, टाढाको यात्रा पनि होला ।

कर्कट–
परिवारजनमा असमझदारी बढ्नेछ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन्, विचार गर्नुहोला । ई’ष्या गर्नेहरू सक्रिय रहनेछन् । छर छिमेकमा झग’डा हुन सक्छ, एकदमै सा’वधान रहनु होला । गलत विचार बढ्ने, समयमा निर्णय नहुँदा काममा अवरोध आउने साथै झै झ’गडा पनि होला ।

सिंह–
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । नयाँ काममा समय मात्र बित्नेछ, नोकरीमा आज अल्छी लाग्न सक्छ । व्यापारमा सफलताले मन रमाउने छ । धन मनग्य कमाउने अवसर मिल्नेछ, जागीरमा पनि ठिकै छ ।

कन्या–
मान सम्मान बढ्नेछ । सुखको अनुभुति हुनेछ । सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइने छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । समग्रमा दिन रमाइलो छ । ठूला व्यक्तिको आशा र भरोसा पनि तपाई प्रति रहनेछ । बोल्दा धेरै कामहरु सहज हुनेछन् ।

तुला–
कुनै नयाँ कामको स्रोत फेला पर्ने दिन छ, जागिरमा भने समस्या देखा पर्ने देखिन्छ । व्यावसायिक यात्राको सम्भा’वना छ । सामाजिक कार्यमा मन जाने छ । विविध लाभ पनि होला । सहयोग र नयाँ मित्रको आगमनले अन्तत आफ्नो मन प्रसन्न हुनेछ । धनको लाभ पनि होला ।

वृश्चिक–
आज तपाइको सोच्दै नसोचेको ठाँउमा धन जादैछ, सामान्य रोगले पनि सताउने छ, हो’सियार रहनु होला । उपचारमा खर्च हुने योग छ । सामान्य ज्वरो आउन सक्छ, खानपानमा होस पुर्याउनु होला । परिश्रमले आफ्नो लक्ष्य पुरा गर्न सकिनेछ । नोकरी र राजनितीमा केहि अप्ठ्याराको सा’मना गर्नुपर्ने छ ।

धनु–
विचारले धेरैलाई आकर्षण गर्ने समय छ, साथै ब्यापार ब्यावसायबाट राम्रो लाभ पनि लिन सकिन्छ । विभिन्न अवसरले पछ्याउनेछन्, स्वास्थ्य स्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । नयाँ काम पाउने योग छ । पढाइमा राम्रै उन्नति गरेर अगाडी बढ्न सकिनेछ, दिन राम्रै छ ।

मकर–
काम गर्न जाँगर चल्नेछ । उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ । दिन रमाइलो साथ बित्नेछ । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ, धनको पनि लाभ होला । आटे गरेका काम पुरा भइ धनको लाभ हुन सक्छ । ब्यापारमा पनि सामान्य लाभ हुने देखिन्छ ।

कुम्भ–
बोलीको प्रभा’व बढ्नुका साथै सजिलै काम बन्ने योग छ । टाढाको यात्राको पनि सं’भावना रहेको छ । गरेका कामबाट राम्रै लाभ मिल्नेछ । यात्राको लागि एकदम राम्रो समय रहेको छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । यात्रा पनि रमाइलो हुनेछ । साथीभाइसँग भेटघाट पनि होला ।

मीन–
आज तपाइको अनावश्यक रुपमा पैसा खर्च हुनेछ । काम गर्नमा खासै मन नजाला । बाध्य’तापूर्ण काममै समय बित्न सक्छ । ब्यापार ब्यवसायमा घा’टा बे’होर्नु पर्ला, सावधान रहनु होला । समय त्यति राम्रो छैन, गलत विचार बढ्ने छ, समयमा सहि निर्णय गर्न सकिदैन ।

१०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया