आइतबार ०७ आश्विन २०८०

एजेन्सी / फिफा विश्वकप कतार २०२२ को विजेता अर्जेन्टिनाले मंगलबार राजधानी ब्युनस आएर्सस्थित ओबेल्सिक क्षेत्रमा विजयी र्याली गर्ने कार्यक्रम रहेको थियो ।

समर्थकको अत्या’धिक चा’पका कारण आठ घण्टाको र्याली बिचमा रोकेर हेलिकप्टरबाट खेलाडीलाई र्याली पूरा गराइएको थियो । ब्युनस आएर्समा झन्डै ४० लाख समर्थक उपस्थित भएपछि सुरक्षा व्यवस्था मिलाउन हम्मे हम्मे परेको थियो ।

संसारभरी नै चर्चामा रहेको विश्वकप फुटबल खेलमा विजयको खुसियालीका बेला सबैले रमाइलो गरेर उत्सव मनाउने उद्देश्यले आयोजना गरिएको र्यालीमा खेलाडीलाई परिक्रमा गराएको बसमै समर्थक चढ्न खोजेपछि स्थिति नि’य’न्त्रण गर्न हेलिकप्टरबाट सहर परिक्रमा गराउनुपरेको थियो ।

अर्जेन्टिनाले विश्वकपको उपाधि जितेपछि मंगलबार सार्वजनिक बिदा दिँदै उपाधिको खुसियाली मनाउने निर्णय गरेको थियो । जसका लागि देशभरबाट राजधानी बुनस आएर्समा समर्थक जम्मा भएका थिए ।

रातको २ बजे टोली विमानस्थलमा आउँदा नै लाखौं समर्थकले टोलीलाई पछ्याएका थिए । दिउँसो ११:४५ देखि सुरु भएको अधिकारिक विजय र्याली पनि समर्थकको चा’पका कारण पूरा हुन सकेको थिएन ।

अर्जेन्टिनी फुटबल संघका अध्यक्ष चि’की टापियाले खेलाडीको तर्फबाट मा’फी समेत मागेका थिए । ‘खेलाडीको तर्फबाट म हजारौं मा’फी माग्दैछु । समर्थकमाझ खुसी मनाउन नपाउँदा दु’ख लागेको छ,’ उनले भने ।

१०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया