
काठमाडौँ / नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत मंसीर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा निर्वाचन आयोगले निष्पक्ष र प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै अस’न्तुष्टि व्यक्त गर्नु भएको छ ।
अध्यक्ष ओलीले बुथ क्या’प्चर भएको ठाउँमा पनि निर्वाचन नदोहो¥याएर निर्वाचन आयोगले आफ्नो कर्तव्यसमेत निर्वाह गर्न नसकेको आ’रोप लगाउनु भयो । नेकपा एमालेद्वारा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले म’रे’का मान्छेहरुले समेत मत हाल्दा पनि निर्वाचन आयोगले पुनः निर्वाचन गराउन नदिएर लोकतन्त्र र प्रणालीलाई कमजोर बनाउने काममा साथ दिएको जि’कीर गर्नु भयो ।
उहाँले आगामी दिनमा निर्वाचन आयोगका त्यस्ता गतिविधिहरुलाई रोक्नैपर्ने बताउनु भयो । ओलीले उहाँले भन्नु भयो, ‘निर्वाचन निष्पक्ष गराउने अभिभारा बोकेका निकायहरुको समेत भूमिका निष्पक्ष, प्रभावकारी हुन सकेन ।
का’नुनसम्मत र कर्तव्यनिष्ठ भूमिका पूरा गरे त्यस्ता निकायहरुले भन्ने अवस्था रहेन । धाँ’ध’ली भएका ठाउँमा, बुथ क्या’प्चर भएका ठाउँमा सबैलाई थाहा छ–बुथ क्या’प्चर भएको छ । प्रमाणहरु छन । तर दोहो¥याएर निर्वाचन गरिएन । जे भएको छ, त्यही गन्ने भनियो । नेपालजस्तो ठाउँमा ९८ प्रतिशत, ९९ प्रतिशत निर्वाचनमा भोट खस्नु, म’रे’का मानिसले भोट हाल्नु, विदेश भएकाले भोट हाल्नु जस्ता कुराहरु भए ।
देख्नुपर्ने ठाउँबाट ती देखिएन । नदेखैझैं गरियो । यो वास्तवमै दु’खद कुरा हो । र, यदि आगामी दिनमा मैले यो कुराको किन चर्चा गरेको हुँ भने आगामी दिनमा पनि यदि हामीले यस्ता अलोकतान्त्रिक, अवा’ञ्छित क्रियाकलापहरुलाई, गै’र’कानुनी क्रियाकलापहरुलाई रोक्न सकेनौं र यस्तै कुरा भईरहने हो भने लोकतन्त्र भन्ने कुराको के अर्थ हुन्छ ? लोकतान्त्रिक अभ्यास र निर्वाचन भन्ने कुराको के अर्थ हुन्छ ? बुथ कब्जा नै गर्ने हो भने । त्यसकारण यस्ता कुराहरुप्रति हामी सजग हुनु र रोक्नु जरुरी हुन्छ ।
यदि यस्ता कुराहरुलाई रोक्न सकिएन भने जनताको विश्वास लोकतान्त्रिक अभ्यासप्रति वि’तृ’ष्णा बढदै जान्छ । र, विस्तारै प्रणालीप्रति नै यो विश्वास क’मजोर हुँदै जान्छ । यस्ता प्रवृत्तिहरुलाई नरोक्ने हो भने । यस्ले विस्तारै विस्तारै अभ्यासलाई मात्रै होइन् प्रणालीप्रतिकै विश्वास हटाई दिने, प्रणालीलाई नै अ’लो’क’प्रिय बनाई दिने र अस’फल बनाई दिने हुन्छ ।’
कार्यक्रममा ओलीलाई सबैभन्दा धेरै लोकप्रिय मत ल्याएको भन्दै सम्मान समेत गरिएको थियो ।